images
images

सोमवार, जेठ ७ गते २०८१

प्रदर्शनकारीद्धारा पाँचवटा सरकारी गाडीमा तोडफोड

प्रदर्शनकारीद्धारा पाँचवटा सरकारी गाडीमा तोडफोड

images
images
images
शुक्रवार, आश्विन १६ २०७७
शुक्रवार, आश्विन १६ २०७७
  • प्रदर्शनकारीद्धारा पाँचवटा सरकारी गाडीमा तोडफोड

    रुपन्देही, १६ असोज ।
    प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ्गमा सार्ने प्रस्ताव शुक्रबार (आज) प्रदेश सभामा प्रस्ताव पेश गरेलगत्तै बुटवलमा उत्रिएका प्रदर्शनकारीहरुले ५ वटा सरकारी गाडीमा तोडफोड र एउटा सरकारी स्कुटरमा आगजनी गरेका छन् ।

    images
    images
    images

    अस्थायी राजधानी तोकिएको बुटवलबाट एकाएक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को स्थायी राजधानी बनाउनका लागि दाङको भालुवाङ्गस्थित राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगालाई समेट्ने गरी प्रस्ताव पेश गरेपछि सो को विरोधमा बुटवलमा निकालिएको विरोध प्रर्दशनका क्रममा आन्दोेलनकारीहरुले सडकमा चलिरहेको सरकारी गाडीमाथि तोडफोड गरेको नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले बताए ।

    प्रदेश सरकारले शुक्रबारको बैठकमा स्थायी राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध जनाएको हो । सचिव खांणले दिएको जानकारी अनुसार ५ वटा गाडीमा तोडफोड भएको छ । ५ वटा भनिए पनि तर ३ वटाको मात्रै गाडी नम्वर फेला परेको छ । प्रस्ताव पेश भएको केही समयपछि नेविसंघ रुपन्देहीले बुटवलमा विरोध प्रर्दशन गरेको हो ।

    यसरी तोडफोड हुनेमा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नम्बरको स्कारपियो गाडी, कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बर र लु १ झ ४४९ नम्बर गाडी रहेको छ । 

    नेविसंघले प्रदेश राजधानीलाई बुटवल बाट दाङ सार्न नदिनका लागि शनिबार पार्टीको वृहत बैठक बस्ने र थप आन्दोलनका कार्यक्रमहरु अगाडि सारिने बताएको छ । शनिबार राँके जुलुस एंव प्रदर्शन गरिने र माग सम्बोधन नभए रुपन्देहीमा वन्द आह्वान गरिने बताइएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij