२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

सुनको मूल्यमा गिरावट

बुधवार , कार्तिक १०, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौँ, १० कात्तिक नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु ६०० ले घटेको छ।
    स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ।पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो।

    त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० कायम भएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो। महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ। रासस