images

मंगलवार, बैशाख १८ गते २०८१

राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली

राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली

images
images
images
बुधवार, कार्तिक १० २०७८
बुधवार, कार्तिक १० २०७८
  • राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली

    बुटवल, १० कात्तिक । 
    नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका खिमनारायण पराजुली निर्वाचित भएका छन् । संगठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट पराजुलीको अध्यक्षतामा ५१ सदस्यीय समिति सर्वसम्मत अध्यक्ष निर्वाचित भएको हो ।  

    images

    संगठनको वरिष्ठ उपाध्यक्षमा खेम श्रीस मगर(रुपन्देही),उपाध्यक्षहरुमा गुप्तबहादुर राना (प्युठान), टंक बस्याल (बाँके), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (दाङ), महासचिव तारा रोकाय (बाँके) र कोषाध्यक्षमा विष्णुप्रसाद पाण्डे (रुपन्देही) निर्वाचित भएका छन् । 

    यस्तै उपमहासचिवमा खिमानन्द पौडेल (कपिलवस्तु), सचिवहरुमा दधिराम सापकोटा (बाँके) र मोहनसिंह ठकुरी (अर्घाखांची), सह–कोषाध्यक्षमा नारदमणि पोखरेल (दाङ) तथा महिला विभाग प्रमुखमामन्दिरा पाण्डे निर्वाचित भएका छन् । प्रदेशका १२ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी ३९ जना प्रदेश समिति सदस्य समेत सर्वसम्मत निर्वाचित भएका छन् । 

    अधिवेशनमा प्रदेशका १२ वटै जिल्लाबाट दुई सय ५० जना प्रतिनिधिको सहभागिता रहेको निवर्तमान अध्यक्ष मनिषकुमार जोशीले बताए । संगठनमा प्रदेशभर करिब १२ हजार उद्योगी व्यवसायी सदस्य रहेका जोशीले बताए । 



    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij