२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा मंसिरमा हुने

सोमवार , कार्तिक ८, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल, ८ कात्तिक ।
    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको वार्षिक साधारणसभा आगामी मंसिरमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यस अगाडि स्थगित गरिएको ६८ औं वार्षिक साधारणसभा आगामी मंसिर ६ गते सोमबार गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।

    संघले यस अघि अगाडि असोज १८ गतेलाई तय गरिएको साधारणसभा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको कारण स्थगित गरिएको थियो । साधारणसभा सम्पन्न गर्नको लागि यस अगाडि नै कार्यसमिति सदस्यहरुलाई बिभिन्न जिम्मेवारी प्रदान गरेको थियो । 

    साधारणसभाको लागि हल तथा मञ्च व्यवस्थापनमा प्रकाश श्रेष्ठ, किट व्याग तथा रजिष्ट्रेशनमा दीपक चापागाई, प्रस्ताव समितिमा प्रतिक पोखरेल, खाना तथा जलपानमा आनन्द वझा, स्वागत तथा व्याचमा जमुना पौडेल तथा सदस्यता मत सर्वेक्षण तयारीको लागि संजय कलवार जयसवाललाई जिम्मेवारी प्रदान गरिएको थियो । 

    संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले ती समितिहरुलाई जिम्मेवारी अनुसारका तयारीका काम गर्न समेत आग्रह गरेको छ । बैठकमा संघका सल्लाहकार तथा पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, महेशमान सिंह, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले आ–आफ्ना धारणासहित सुझावहरु राखेका थिए ।