
आइतवार , कार्तिक ७, २०७८
काठमाडौं, ७ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार प्रि(ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ०१ अंकले घटेको छ । यससँगै सूचक दुई हजार ५५६ दशमलव ९५ विन्दुमा अडिएको छ । आजको यस सेसनमा ३० लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आइतबार १७ कम्पनीको पाँच हजार सात सय ८२ कित्ता सेयर कारोबार भएकोमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कम्पनीको सेयर मूल्य घटेको छ । आन्य बाँकी कम्पनीको सेयर मूल्य भने स्थिर छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij