images

शुक्रवार, बैशाख २१ गते २०८१

लायन्स ग्रीन सिटी र ओमसतियाद्वारा बाढीप्रभावितलाई सहयोग

लायन्स ग्रीन सिटी र ओमसतियाद्वारा बाढीप्रभावितलाई सहयोग

images
images
images
शनिवार, कार्तिक ६ २०७८
शनिवार, कार्तिक ६ २०७८
  • लायन्स ग्रीन सिटी र ओमसतियाद्वारा बाढीप्रभावितलाई सहयोग

    भैरहवा, ६ कात्तिक ।
    लायन्स क्लबहरुले बाढीप्रभावितलाई राहत वितरण गरेको छन् । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी र लायन्स क्लब अफ ओमसतियाले संयुक्त रुपमा शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित बसन्तपुरमा पुगेर प्रभावितलाई राहत वितरण गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पूर्व डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले जहाँ सेवा गर्नुपर्ने हो, त्यही गर्नुपर्ने बताए । उनले भाषण भन्दा सेवा ठुलो भएको बताए ।  
    विशिष्ट अतिथि डिष्ट्रिक चिफ एडभाइजर उमंग देवकोटाले लायन्सले गरेको कामको प्रशंसा गर्दै समाजसेवामा निरन्तरताको लागि आग्रह गरे ।

    सबै उद्दार तथा कल्याणकारी कार्यमा जुटौ !! कोरोना र लकडाउनले थलिएका जनता प्राकृतिक विपद्का कारण झन् धेरै थला पर्दैछन् भन्दै बाढी आएको दिनको रातनै ओमसतियाले राहत वितरणका लागि पहल गरेको भन्दै बाढी डुवान क्षेत्रमा स्थालगत भ्रमण गर्दै राहत वितरण जस्तो कार्य गर्नु सराहनीय रहेको डिष्ट्रिक चिफ एडभाईजर लायन महेशचन्द्र थापाले बताए ।  कार्यक्रममा एरिया चिफ जीवन गौतमले दुबै क्लबको गतिविधिलाई डिष्ट्रिकले पनि उच्च मुल्यांकन गरेको बताए ।

    यस भन्दा अघि अविरल बर्षाका कारण बाढीबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको लायन्स क्लब अफ ओमसतियाका संस्थापक अध्यक्ष मोहित यादवले बताए । बाढीबाट प्रभावितबारे जानकारी पाएपछि पीडितहरुलाई राहत सामग्री वितरण गरिएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्द गिरीले बताए ।

    लायन्स भैरहवा ग्रीन सिटीका प्रथम उपाध्यक्ष श्री रायमाझीको सञ्चालन तथा ग्रीन सिटीका विनम्र थापा तथा ओमसतियाका राजेश हरिजनको संयोजनमा कार्यक्र सम्पन्न भएको थियो । उक्त कार्यक्रम इमर्जेन्सी ग्राण्ड डिष्ट्रिव्युसन प्रोग्राम लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको सहयोगमा सम्पन्न भएको हो ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij