images

शुक्रवार, बैशाख २१ गते २०८१

संगठनद्वारा मन्त्री खाँ र भन्सार प्रमुख ढकाललाई स्वागत

संगठनद्वारा मन्त्री खाँ र भन्सार प्रमुख ढकाललाई स्वागत

images
images
images
शनिवार, कार्तिक ६ २०७८
शनिवार, कार्तिक ६ २०७८
  • संगठनद्वारा मन्त्री खाँ र भन्सार प्रमुख ढकाललाई स्वागत

    भैरहवा, ६ कात्तिक ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) ले लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँ तथा भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीका नवआगन्तुक प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाललाई सम्मान गरेको छ । संगठनले शनिबार स्वागत, बधाई एवं शुभकामना कार्यक्रम गरी मन्त्री खाँ र प्रमुख भन्सार अधिकृत ढकाललाई स्वागत गरेको हो ।
    सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको भवनमा भएको कार्यक्रममा बोल्दै मन्त्री खाँले कोभिड–१९ महामारीमा संगठनले राम्रो काम गरेको बताए । उनले संस्थाले आफनै भवन निर्माण सम्पन्न गरेको देख्दा विगतमा आफूले ठीक ठाउँमा लगानी गरेको अनुभुति भएको बताए । उनले प्रदेश सरकारले संगठनलाई अवश्य नै राहत दिने प्रतिवद्धता व्यक्त गरे । ‘संगठनले आफ्नै भवन निर्माण कार्यसम्पन्न गरे पनि संस्थाले ऋण तिर्न बाँकी छ, यो हामीले बुझेका छौं, ’मन्त्री खाँले भने । 

    images
    images
    images

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ढकालले भन्सार कार्यालयले व्यापार सहजीकरण, राजस्व संकलन र सामाजिक सुरक्षा एवं संरक्षण गर्दै आएको बताए । उनले भन्सार कार्यालयसम्बन्धी केही गुनासो भए जानकारी गराउन आग्रह गरे । ढकालले संगठनसंग सहकार्य र हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले औद्योगिकरणमार्फत आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुपर्ने बताए । आफू कात्तिक १ गते भैरहवा भन्सार कार्यालयमा हाजिर भएको उनले जानकारी दिए । भन्सार कार्यालयमा सवारीसाधन प्रवेश गरिसकेपछि कागज नमिलेको कारणबाहेक गाडी नरोकिने उनले बताए ।

    248430087_832485564095172_4493148570057422489_n.jpg

    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनले उद्योगी व्यवसायीको हकहितसंगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । उनले आवश्यक स्थानमा संगठनले शाखा र सम्पर्क कार्यालय स्थापना गर्दै जाने बताए । अध्यक्ष ज्ञवालीले संगठनले सरकारी निकायसंग सहयोगको अपेक्षा गरेको बताए । उनले मन्त्री खाँ र प्रमुख भन्सार अधिकृत ढकालको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले उद्योगी व्यवसायीको हकहितमा काम गर्दै आएको संगठनले राष्ट्रियस्तरको मेला÷महोत्सव समेत सम्पन्न गरेको बताए । संगठनका पूर्व अध्यक्ष खिम बहादुर खत्रीले सबै क्षेत्रमा प्रतिनिधित्व जनाउने गरी संस्था अगाडी बढेको बताए ।

    संगठनका महासचिव सचिन रोक्काले धेरै दिनसम्म भारतबाट आउने मालवाहक सवारीसाधन सीमा क्षेत्रमा रोकिदा समस्या भएको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले व्यवसाय तथा पर्यटन क्षेत्र फस्टाउनका लागि भन्सारमा गाडीको सुविधा (पास)को व्यवस्था हुनुपर्ने बताए । मदिरा व्यवसाय संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवालीले पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न पर्यटकलाई भन्सारमा सुविधा दिइनुपर्ने बताए ।

    उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, मन्त्री वसिउद्दीन खानको प्रमुख आतिथ्यता, प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालको विशिष्ट आतिथ्यता, संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीको स्वागत, उपाध्यक्ष कृष्ण बहादुर गुरुङको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij