२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

अविरल सहकारीमा कविराम भट्टराई

शुक्रवार , कार्तिक ५, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ५ कात्तिक ।
    अविरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले कविराम भट्टराईको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    जसको उपाध्यक्षमा सरस्वती भट्टराई, सचिवमा केशव आचार्य र कोषाध्यक्षमा रामप्रसाद गिरी रहेका छन् । त्यसै गरी सदस्यहरुमा दुर्गा भुषाल, मिश्रीलाल धोबी, सुभास चन्द्र अधिकारी, सुधिर थापा र उमान्नन्द पौडेल निर्वाचित भएका छन् ।  त्यस्तै अमृत खनाल संयोजक रहेको लेखा सुपरीवेक्षण समितिमा मधु पुन र खेतुलाल भुसाल सदस्य रहेको तीन सदस्यीय समिति पनि अधिवेशनले निर्वाचित गरेको निर्वाचन अधिकृत चन्द्रकान्त भट्टराइले बताए ।

    साधारणसभाको उद्घाटनको अवसरमा बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका संयोजक कृष्ण प्रसाद नेपाल, सहकारी विज्ञ चन्द्रकान्त भट्टराई, सिद्धार्थ नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, नेपाल सहकारी बैंक भैरहवा शाखा प्रमुख आलोक शिवाकोटी, साहित्यकार तथा शैक्षिक व्यक्तित्व बालकृष्ण भट्टराई ,प्रख्यात बन्जाडे लगायतले बोलेका थिए ।