images

बिहिवार, चैत्र १५ गते २०८०

तालिवानले महिला खेलाडीको टाउको काटेर हत्या गरे

तालिवानले महिला खेलाडीको टाउको काटेर हत्या गरे

images
images
images
शुक्रवार, कार्तिक ५ २०७८
शुक्रवार, कार्तिक ५ २०७८
  • तालिवानले महिला खेलाडीको टाउको काटेर हत्या गरे

    काबुल, ५ कात्तिक। तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका भलिबल क्लबकी खेलाडी महजबिनलाई जिहादीले टाउको काटेर हत्या गरी  सामाजिक सञ्जालमा तस्विर राखेको उनका प्रशिक्षकले पर्सियन इन्डिपेन्डेन्टसँगको एक अन्तर्वार्तामा भनेकी छिन् ।

    images
    images
    images

    महजबिनलाई तालिवानले अफगानिस्तानको सत्तापलट गर्नुअघि हत्या गरेको जनाइएको छ । तालिवानले मध्यअगस्टमा काबुल कब्जा गरेका थिए । कतिपयले उनले आत्महत्या गरेको बताएका छन् । सार्वजनिक भएको एक तस्विरमा उनको घाँटीमा चोट लागेको देखिन्छ ।

    जिहादीले उनका परिवारलाई घटना गुपचुप राख्न दबाब दिएकाकारण त्यस बारेमा अहिले खुलासा भएको प्रशिक्षकले  बताएकी छिन् । उनको बिभत्स तस्विर देखेपछि आफूले घटनाबारे खुलासा गर्ने निर्णय गरेको उनका कोचले बताएका छन् ।

    घटनापछि भलिबल टिमका सम्पूर्ण साथी र महिला खेलाडी त्रसित बनेको विवरणमा जनाइएको छ । यस्तै, अफगानिस्तानस्थित प्याक इन्भेटिगेटिभ जर्नालिजम सेन्टरले तालिवानले टाउको काटेर हत्या गरेको जनाएको छ । एजेन्सी

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij