images

शनिवार, बैशाख ८ गते २०८१

राईजिङ्ग क्लबले भैरहवामा सांस्कृतिक कार्यक्रम गर्दै

राईजिङ्ग क्लबले भैरहवामा सांस्कृतिक कार्यक्रम गर्दै

images
images
images
शुक्रवार, कार्तिक ५ २०७८
शुक्रवार, कार्तिक ५ २०७८
  • राईजिङ्ग क्लबले भैरहवामा सांस्कृतिक कार्यक्रम गर्दै

    भैरहवा, ५ कात्तिक ।
    राईजिङ्ग क्लब नेपाल सिद्धार्थनगर, रुपन्देहीले भैरहवामा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । क्लबले यही कात्तिक १३ गते भैरहवास्थित होटल पौवामा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

    images
    images
    images

    सिद्धार्थ बाल गृहको भूमि तथा आवास व्यवस्थापन अभियान सञ्चालनका लागि कार्यक्रमको आयोजना गरिने क्लबका संस्थापक अध्यक्ष सागर न्यौपानेले बताए । ‘कार्यक्रमबाट बचेको रकमबाट भाडामा सञ्चालित सिद्धार्थ बाल गृहको लागि भूमि तथा आवास व्यवस्थापन गर्ने क्लबको उद्देश्य हो, ’न्यौपानेले भने । 

    कार्यक्रमको प्रायोजन चैतन्य आर.एम.सी. प्रा.लि. ओमसतिया बसन्तपुर, रुपन्देही, भिनटेज क्याफे एण्ड रेष्टुरेण्ट सैनामैना, सुगम आवास निर्माण सेवा प्रा.लि. ले गरेका छन् । त्यस्तै कार्यक्रमको बैंकिङ पार्टनर महालक्ष्मी विकास बैंक लिमिटेड र हस्पिटालिटी पार्टनर होटल पौवा र ट्राभलिंग पार्टनर लाइम लाइट ट्राभल्स एण्ड टुर्स प्रा.लि. रहेका न्यौपानेले जानकारी दिए ।

    कार्यक्रममा कमेडी च्याम्पियन सिजन–२ का विजेता भरत मणि पौडेल र गायिका स्वेच्छा ठकुरीसहित स्थानीय कलाकारको समेत प्रस्तुती रहने कार्यक्रम संयोजक अंकित आचार्यले बताए । कार्यक्रममा टिकट वापत रु. १ हजार तोकिएको आचार्यले जानकारी दिए ।

    क्लबले विपन्नलाई कपडा वितरण, वृक्षारोपण, बालगृहमा खाद्यान्न सामग्री वितरण, विद्यालयमा शैक्षिक सामग्री वितरण तथा वनभोज लगायतका कार्यक्रम गरिसकेको क्लबका सल्लाहकार सरोज ठकुरीले बताए । क्लबमा हाल ३७ जना सदस्य रहेको कोषाध्यक्ष आशिष पन्तले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij