images

सोमवार, बैशाख १७ गते २०८१

बाढी प्रभावित कृषकलाई क्षतिपूर्ति दिन एमालेको माग

बाढी प्रभावित कृषकलाई क्षतिपूर्ति दिन एमालेको माग

images
images
images
बुधवार, कार्तिक ३ २०७८
बुधवार, कार्तिक ३ २०७८
  • बाढी प्रभावित कृषकलाई क्षतिपूर्ति दिन एमालेको माग

    लुम्बिनी, ३ कात्तिक ।
    नेकपा (एमाले) लुम्बिनीले बेमौसमी वर्षाका कारण प्रभावित कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसंग माग गरेको छ । वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबालीसहित भर्खरै लगाएको हिउँदे तरकारीमा समेत क्षति पुगेकाले एमालेले प्रदेश सरकारसमक्ष क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै बुधबार प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ ।

    images

    विगत चार दिनदेखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा भएको बाढी, पहिरो र धनजनको क्षतिका तथ्यांक संकलन गरी जनतालाई उचित राहतको व्यवस्था गर्न माग गरिएको एमाले प्रदेश संसदीय दलका उपनेता वैजनाथ चौधरीले आज दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    मौसम पूर्वानुमान विभागले अविरल वर्षा हुन सक्ने भन्दै तीन दिनअघि नै मनसुनमा बदली हुने, ठूलो पानी पर्ने र लुम्बिनी प्रदेशसहित देशभरि नै वर्षाका कारण क्षति हुन सक्ने सूचना प्रवाह नहुँदा कृषकले ठूलो क्षति व्यहोर्नु परेको एमालेले जनाएको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij