आइतवार, मंसिर १२ गते २०७८

बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

images
images

खबर पात्रो

२, कार्तिक २०७८
  • 255
    SHARES
  • बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग
    images

    काठमाडौं, २ कात्तिक ।
    नेकपा (एमाले) ले विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेको छ ।

    एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गरी पहिराका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन भएका, कतिपय व्यक्ति बाढीमा फस्न पुगेको र हवाहुरीले पाकेको धानबाली सखाप भएको जनाउँदै कृषिमाथि आश्रित लाखौँ किसान परिवारमाथि ठूलो बज्रपात भएको उल्लेख गरेका छन् । 
     

    images

    एमालेले यसक्रममा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसानको पीडाप्रति सहानुभूति व्यक्त गरेको छ । “वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछौ”, विज्ञप्तिमा भनिएको छ, “अवरुद्ध यातायात लगायत सेवा तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्ति र संकमा परेका पर्यटकको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछौ ।

    मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्दछौ ।” रासस

    images
    प्रकाशित मिति :कार्तिक २, २०७८ मंगलवार - २०:४०:१६ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro