images

शनिवार, बैशाख ८ गते २०८१

लुम्बिनीको पर्यटकीय विकासबारे छलफल

लुम्बिनीको पर्यटकीय विकासबारे छलफल

images
images
images
मंगलवार, कार्तिक २ २०७८
मंगलवार, कार्तिक २ २०७८
  • लुम्बिनीको पर्यटकीय विकासबारे छलफल

    भैरहवा, २ कात्तिक ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले स्पेनमा मुख्य कार्यालय रहेको लुम्बिनी गार्डेन फाउण्डेशनको टोलीको स्वागत तथा छलफल गरेको छ । स्वागत तथा छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले विदेशमा रहेर पनि मातृभूमि तथा लुम्बिनीको विकासमा लुम्बिनी गार्डेन फाउन्डेशनले खेलेको भूमिका उदारणीय रहेको बताए । फाउण्डेशनको पहलमा सिद्धार्थ उद्योग वाणिज्य संघ र स्पेनको कासुरेस चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध विस्तारको लागि सम्झौताका लागि संघ तयार रहेको न्यौपानेले बताए ।

    images
    images
    images

    फाउण्डेशनका अध्यक्ष जोसे म्यनुयलले फाउण्डेशनले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि कार्य गर्ने बताए । उनले म्यानामारबाट करिब बहुमुल्य पत्थरद्वारा निर्मित र बुद्ध भिक्षुहरुले आर्शीवाद दिएको करिब २ मिटर अग्लो बुद्ध मुर्ति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने र सो मुर्तिको अनावरण राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने जानकारी दिए । सो को तयारीको लागि संघको भूमिका महत्वपुर्ण रहने उनले बताए । 

    lgf1.jpg

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बुद्ध मूर्ति स्थापना र अनावरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    संघका महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका निर्वतमान अध्यक्ष कुल प्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदी, महासचिव एकराज गिरीले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, लुम्बिनी होटल संघका पदाधिकारीहरुको  सहभागिता रहेको थियो । 

    lgf2.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij