२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

दशैंको अवसरमा २५० बढीलाई निःशुल्क खाना वितरण

शुक्रवार , आश्विन २९, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, २९ असोज ।
    हिन्दु नेपालीको महान पर्व वडादशैंको अवसर पारेर लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले २५० जना बढीलाई निःशुल्क खाना वितरण गरेको छ । क्लबले बडादशैं तथा लायन्स इन्टरनेशनलका अध्यक्ष डाउग्लस एक्स. एक्जेण्डरको जन्मदिनको अवसर पारेर भैरहवामा शुभकामना आदानप्रदान तथा खाना वितरण कार्यक्रम गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनले बताइन् । ‘दशैं मनाउन विपन्न परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले बुधबार सिद्धार्थनगर–९ उदयपुरमा एक कार्यक्रमकाबीच तयारी खाना वितरण गरेका हौं, ’उनले भनिन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स सिद्धार्थनगर लेडी युथले उत्कृष्ट कार्य गरेको बताए । उनले महिलाहरु आबद्ध यो क्लबले यस क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको बताए ।

    त्यस्तै डिष्ट्रिक डेपुटी चिफ विजय पाण्डे, लायन्स सिद्धार्थनगर लेडी युथका अध्यक्ष तनु शर्मा कसौधन, कार्यक्रम संयोजक मीना पाण्डे लगायतले चाडपर्वको महत्वको बारेमा आफ्ना भनाइ राखेका थिए ।

    मुना गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा जोन चेयरपर्सन अभिनव मयूर कसौधन, लायन्स प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधन, लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्द प्रसाद गिरी, डिष्ट्रिक डिपार्टमेन्ट मेम्बर विनय कसौधन लगायतको उपस्थिति रहेको थियो ।