
मंगलवार , आश्विन १३, २०७७
बुटवल, १३ असोज ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले स्थापनाको छैठौ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । वि.सं. २०७१ सालमा बुटवल उद्योग वाणिज्य सघंको सरक्षंकत्वमा स्थापना भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले शुभकामना आदानप्रदानका संगै विभिन्न कार्यहरु गरेको हो । १० जना सदस्यबाट रुपन्देहीमा सुरुवात भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा हाल ६६ जना सदस्यहरु आवद्ध छन ।
बुटवलमा एक कार्यक्रमको आयोजना गरी मञ्चले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले अबको आर्थिक क्रान्ति युवाहरुबाट मात्रै संभव भएको भन्दै सोही अनुसारको काम गर्नको लागि आग्रह गरे । उनले युवा एकता नै युवा आवश्यकता रहेको समेत बताएका थिए ।
मञ्चका निर्वतमान अध्यक्ष संदिप कसौधनले रुपन्देही शाखालाई २०१९ को कार्यकालमा बेस्ट अवार्डले चिनाएको र आगामी दिनमा पनि यस्तै प्रकृतिको काम गर्ने बताएका थिए । मञ्च रुपन्देहीले २०७२ सालको भुकम्पको बेला १ लाख डलर सहयोग गरेको थियो । त्यस्तै हाल विश्वप्यापी रहेको कोरोना महामारीमा आइसोलेसन बनाउन लागि सहयोग समेत गरेको छ ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याटर अध्यक्ष उमेश अमात्यले युवा वर्गलाईलाई उद्योग स्थापना गर्नको लागि उत्प्रेरणात्मक तादिम र बिउ पुँजी, फाइनान्सको लागि सधै पुलको काम गर्दै उद्यमशीलता विकास गर्नुपर्ने बताए । आफ्नो कार्यकाल नमुना बनाउने भन्दै उनले यसको लागि सबैको सहयोग र साथ आवश्यक रहेको समेत धारणा राखेका थिए ।
मञ्च रुपन्देहीका निर्वतमान अध्यक्ष सन्दिप कसौधनले आफ्नो कार्यकालमा साहयोग गर्ने सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघं केन्द्रीय सदस्य सरेन्द्र कुमार श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष महेशमान सिंह, मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष आनन्द ओझा, एनजिसि च्याटर भिपि सुमोदमान सैजु लगायतले धारणा राखेका थिए । सोही कार्यक्रममा गत एक साता सम्म विभिन्न स्थानमा भोको रहेका मजदूरहरुलाई खाना खुवाउने विशाल श्रेष्ठलाई खानावापत खर्च भएको रकमको चेक प्रदान गरी उक्त कार्यक्रमको स्वामित्व ग्रहण संस्थाले गरेको थियो । यस्तै विगत ६ वर्षदेखि मञ्चले गर्दै आएकोकार्यक्रमको विषयमा भिडियो डकुमेन्ट्रीमार्फत जानकारी गराईएको थियो भने मञ्चको वेभसाईट समेत लञ्च गरिएको थियो । कार्यक्रमको संचालन युवा उद्यमी मञ्च रुपन्देहीका प्रथम उपाध्यक्ष प्रदिप शाक्यले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij