images
images

सोमवार, जेठ ७ गते २०८१

जि २५ क्लबको अध्यक्षमा निर्मल नेपाल निर्वाचित

जि २५ क्लबको अध्यक्षमा निर्मल नेपाल निर्वाचित

images
images
images
मंगलवार, आश्विन २६ २०७८
मंगलवार, आश्विन २६ २०७८
  • जि २५ क्लबको अध्यक्षमा निर्मल नेपाल निर्वाचित

    बुटवल, २६ असोज । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको जि २५ क्लबको अध्यक्षमा निर्मल नेपाल निर्वाचित भएका छन् । क्लबको सोमबार भएको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले २ वर्षे कार्यकालको लागि निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा जगदिश न्यौपाने, महासचिवमा तेजेन्द्र खनाल र सचिवमा किशोर पंगेनी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा रामराज लामिछाने, जगतबहादुर थापा, मदन पौडेल र भेषराज अर्याल निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक तथा संस्थाका कानूनी सल्लाहकार अधिवक्ता केशवराज पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    क्लबको अध्यक्ष हुन पदाधिकारी वा सल्लाहकार भइसकेको हुनुपर्ने

    जि २५ क्लबको अध्यक्ष हुन अब पदाधिकारी वा सल्लाहकार भएको हुनुपर्ने छ । त्यस्तै एक कार्यकाल भन्दा बढी अध्यक्ष हुन पाइने छैन । बुटवल ११ देवीनगरमा रहेको क्लवको सोमबार देवदहको चरङ्गेमा भएको चौथो वार्षिक साधारणसभाले विधान संशोधन प्रस्ताव पारित गर्दै क्लबको अध्यक्ष हुनको लागि कम्तिमा एक कार्यकाल पदाधिकारी वा सल्लाहकार भएको हुनुपर्ने वैधानिक व्यवस्था गरेको हो । त्यसै गरी एक पटक अध्यक्ष भएको व्यक्ति दोहारिएर फेरि अध्यक्ष हुन नपाउने प्रस्ताव पनि पारित भएको हो । क्लबका अध्यक्ष देवलाल अर्गालीले साधारणसभामा उक्त प्रस्ताव राखेका थिए ।

    साधारणसभामा क्लबका संरक्षक, पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ का अध्यक्ष तथा नेपाली काँगे्रस तिनाउ गाउँपालिकाका सभापति प्रेमप्रसाद पाण्डेले हिजो २५ जना जग्गा व्यवसायीबाट सुरु गरिएको क्लबमा अहिले सबैप्रकारका पेशा व्यवसायकर्मी सहभागि भएको बताए । उनले आपसी सद्भाव र एकतामा अडिग रहन पनि सबैमा आग्रह गरे ।

    कार्यक्रममा क्लबका मार्गदर्शक बिमलराज घिमिरे, संस्थापक अध्यक्ष रमेशकुमार जोशी, सल्लाहकार निर्मल नेपाल, सल्लाहकार तथा जेष्ठ सदस्य दिलबहादुर बिक, आजिवन सदस्य तथा उद्यमी मदन पौडेल, उपाध्यक्ष दीपक घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम क्लवका महासचिव जगदिश न्यौपानेको सञ्चालनमा भएको थियो ।

    कार्यक्रममा अध्यक्ष अर्गालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्लबले वर्षभरी गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । अध्यक्ष अर्गालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुनिल शाहीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक निरज केसीले प्रतिवेदन पारित भएको छ । क्लबमा आजिवन सदस्य भएका नयाँ सदस्य ४ जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो । योसंगै अब क्लबमा सदस्य संख्या ७२ पुगेको छ । त्यस्तै ज्येष्ठ सदस्य दिलबहादुर बिक तथा आर्थिक लगायतका सहयोग गर्नेहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij