images
images

सोमवार, जेठ ७ गते २०८१

सकियो दशैं सस्तो बजार, ५१ लाखको कारोबार

सकियो दशैं सस्तो बजार, ५१ लाखको कारोबार

images
images
images
मंगलवार, आश्विन २६ २०७८
मंगलवार, आश्विन २६ २०७८
  • सकियो दशैं सस्तो बजार, ५१ लाखको कारोबार

    बुटवल, २८ असोज ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालन गरिएको दशैं सस्तो बजार सकिएको छ । दशैंको घटस्थापनाबाट सुरु गरिएको दशैं लक्षित सस्तो बजार सोमबार सकिएको हो । दशैं सस्तो बजारमा करिब ११ हजार उपभोक्ता आएको र बजार भित्र सरदर ५१ लाखको कारोबार भएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले जानकारी दिए ।

    images
    images
    images

    दशैं सस्तो बजार सकिएसंगै बजारमा सहभागि स्टल धनीलाई संघले सम्मानपत्र प्रदान गरेको छ । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल सहितको टोलीले स्टल धनीलाई प्रशंसापत्र प्रदान गर्दै संघको कार्यक्रममा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरेका थिए ।

    सस्तो बजारमा नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट सटही गरिएको थियो । दशैं सस्तो बजारमा ९२ लाख ५० हजार रुपैंया बराबरको नयाँ नोट सटही गरिएको संघले जनाएको छ । नयाँ नोट सटहीमा ग्लोवल आईएमई बैंकले सहयोग गरेको थियो । साल्ट ट्रेडिङ्, दुग्ध विकास संस्थानसहितका ३० वटा स्टल राखिएको थियो ।

    त्यस्तै गरी दशैं सस्तो बजारमा खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, मसला, माछा मासु लगायतका दैनिक उपभोग्य सामग्रीहरु राखिएको थियो । दशैं सस्तो बजारमा राखिएका बस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराएको संघका अध्यक्ष कसजूले बताए । संघले प्रत्येक दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको थियो । यद्यपी कोरोना महामारीका कारण अघिल्लो वर्ष भने दशैं सस्तो बजार हुन सकेन । यो २० औं संस्करणको हो । यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरी सस्तो बजार सञ्चालन गरिएको संघका महासचिव बिमलराज भट्टराईले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij