images
images

सोमवार, जेठ ७ गते २०८१

ताप्लेजुङको दुर्गम क्षेत्रमा दशैंका लागि पशुमार्फत खाद्यान्न ढुवानी

ताप्लेजुङको दुर्गम क्षेत्रमा दशैंका लागि पशुमार्फत खाद्यान्न ढुवानी

images
images
images
सोमवार, आश्विन २५ २०७८
सोमवार, आश्विन २५ २०७८
  • ताप्लेजुङको दुर्गम क्षेत्रमा दशैंका लागि पशुमार्फत खाद्यान्न ढुवानी

    २५ असोज, फुङ्लिङ ।

    images
    images
    images

    ताप्लेजुङको दुर्गम क्षेत्रमा खच्चड, चौंरी र याकमार्फत दशैंका लागि खाद्यान्न सामग्री ढुवानी गरिएको छ । हालसम्म सडक र यातायातको पहुँच नपुगेको क्षेत्रमा पशुमार्फत दशैंका लागि खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी गरिएको हो ।

    दशैं चाड नजिकिएसँगै स्थानीयवासीले खाद्यान्नसहितका आवश्यकीय उपभोग्य सामग्री खच्चड र चौंरी तथा याकलाई बोकाएर ढुवानी गरेका हुन् । मामाङ्खेमा अहिलेसम्म सडक पुगेको छैन भने याम्फुदिनमा सडक ट्र्याक (मार्ग) पुगेको छ ।

    फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ गोला, याङमा तथा घुन्सा क्षेत्रमा र मिक्वाखोला गाउँपालिका-५ पापुङमा, तोक्पेगोला क्षेत्रमा यातायातका साधन सञ्चालन नहुँदा खच्चड चौंरी र याकमार्फत सामान ढुवानी गर्ने गरिएको स्थानीयवासीले बताएका छन् । पहिलेदेखि नै खच्चडलाई बोकाएर आवश्यकीय सामग्री ढुवानी गर्दै आएको मामाङ्खेका स्थानीय कैलास लिम्बूले बताए । सडक र यातायातको पहुँच नभएपछि खच्चरमार्फत सामग्री ढुवानी गर्नुको विकल्प नभएको लिम्बूको भनाइ छ। चाडपर्व नजिकिएसँगै यतिबेला स्थानीयवासीले खच्चड, चौरी र याकलाई बोकाएर धमाधम सामग्री ढुवानी गर्दै आएका फक्ताङलुङ–७ का स्थानीयवासी तेन्जीङ शेर्पाले बताए ।

    स्थानीय उपभोक्ता तथा गाउँका व्यवसायीले खच्चड, चौरी र याकबाट बोकाएर उपभोग्य सामग्री ढुवानी गर्दै आएको शेर्पाले बताए । फक्ताङलुङ–६ लेलेसम्म यातायातका साधनले खाद्यान्न सामग्री ढुवानी गर्ने गर्दछन् । त्यसपछि भने दुई तीन दिन पैदल र्मागमा खच्चड, चौरी र याकमार्फत ढुवानी हुने गर्दछ ।

    सिरिजंगा गाउँपालिकाको खाम्दिमे बजार तथा तेल्लोक बजारदेखि गाउँसम्म खच्चरमार्फत सामान ढुवानी गर्दै आएका छन् । त्यस्तै कतिपय सडकको ट्र्याक पुगेको ठाउँसम्म ट्र्याक्टरमार्फत सामान ढुवानी गरेपछि खच्चडलाई बोकाएर गाउँसम्म पुर्‍याउने गरिएको याम्फुदिनका विष्णु राईले बताए ।

    केही सीमित सामग्री भरियालाई बोकाएर पनि ढुवानी गर्ने गरिएको घुन्साका बासिन्दा टाँसी तेन्जीङ शेर्पाले बताए। पछिल्लो समय भरिया पाउन छाडेकाले उपभोग्य सामग्री ढुवानीमा खच्चरकै प्रयोग हुने गरेको उनीहरुले बताएका छन् । यता भरियाभन्दा खच्चरमार्फत नै सामग्री ढुवानी गर्दा छिटो हुने र ढुवानी खर्च पनि केही सस्तो पर्ने स्थानीयवासीको भनाइ छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij