images
images

सोमवार, जेठ ७ गते २०८१

दशैं मनाउन स्वदेश फर्कदै नेपाली (फोटोफिचर)

दशैं मनाउन स्वदेश फर्कदै नेपाली (फोटोफिचर)

images
images
images
सोमवार, आश्विन २५ २०७८
सोमवार, आश्विन २५ २०७८
  • दशैं मनाउन स्वदेश फर्कदै नेपाली (फोटोफिचर)

    भैरहवा, २५ असोज ।
    हिन्दू नेपालीहरुको महान पर्व बडादशै सुरु भएसंगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरु फर्कने क्रम बढ्दै गएको छ । रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरु यतिबेला नेपाल फर्किरहेका छन् । भारतमा रहेका नेपालीहरु चाडपर्वको बेला स्वदेश फर्कने गरेका छन् ।

    images
    images
    images

    गत वर्ष कोभिड–१९ को जोखिमका कारण स्वदेश फर्कने नेपालीको संख्यामा भने कमी आएको थियो । बडादशैं सुरु भएसंगै देनिक ७ सय जना नेपाली चाडपर्व मनाउन नेपाल प्रवेश गरिरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए । ‘चाडपर्व सुरु भएसंगै नेपाल प्रवेश गर्ने नेपालीको संख्यामा वृद्धि भएको छ, बिहान सवा ६ बजे भारतका विभिन्न शहरमा रोजगारीका सिलसिलामा पुगेका एकैपटक २५० जना नेपाल प्रवेश गर्छन,’ पौडेलले भने । उनले स्वदेश फर्केका नेपालीलाई सहजता प्रदान गर्नका लागि बेलहियास्थित भैरहवा भन्सार कार्यालय नजिकै यात्रु नागरिक सहायता कक्ष राखिएको बताए । त्यस्तै चाडपर्व सुरु भएपछि अहिले किनमेलका लागि भारतीय बजार सुनौली र नौतनवा पुग्ने नेपालीका कारण त्यहाँको बजार क्षेत्रमा समेत चहलपहल बढेको छ । 

    Belahaiya naka (1).JPG

    त्यस्तै वडादशै, दिपावली र छठ पर्व–२०७८ लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरी कार्यान्यवनमा ल्याएको छ । जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि कार्यालयले योजना कार्यान्यवनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । योजनाअन्तर्गत कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने विसंगति, विकृतिविरुद्ध प्रहरी परिचालन, सीमा क्षेत्रमा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई कारवाही, प्रत्येक प्रहरी इकाईमा प्रहरी टोली (क्यूआरटी)को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । 

    यस्तै चाडपर्वको समयमा पटका, आतसबाजीको प्रयोग हुन गर्न नदिन र गर्नेलाई पक्राउ गरी कारवाही, सबैखाले जुवाजन्य खेलहरू, चन्दा लगायतका गतिविधिहरूको सूचना संकलन गरी प्रहरी परिचालन, राजमार्गहरूमा रात्रीको समयमा व्यवस्था, बन्द रहने सरकारी कार्यालय, तथा संघ–संस्थाका सुरक्षा गार्ड÷कार्यालय सहयोगीहरुसंग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाउने डीएसपी थापाले जानकारी दिए ।

    त्यसै गरी विगतमा घटेका घटनाहरूलाई मध्यनजर राखी पैदल, साइकल, मोटरसाइकल र गाडी गस्ती परिचालन, बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभुति दिने, चाडपर्वको समयमा बढी भिडभाड हुने बजार, हाटबजारमा पैदल गस्ती, मोबाइल गस्ती गरी विभिन्न प्रकारका आपराधीक क्रियाकलापविरुद्ध प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

    IMG_6233.JPGIMG_6248.JPGIMG_6257.JPGIMG_6232.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij