२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

सम्यक सहकारीको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा उपाध्याय

आइतवार , आश्विन २४, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, २४ असोज ।
    सम्यक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर रुपन्देहीको १२ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले घनश्याम राज उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा दिपक ठकुरी, सचिवमा अनिल कुमार के.सी. र कोषाध्यक्षमा शुशिला रसाइली रहेका छन् । त्यस्तै सदस्यमा रहिमुन निशा, दिप गुरुङ, सुजन कर्माचार्य, ओम प्रकाश खनाल, हैदर अली मुसलमान, अमृता श्रेष्ठ र आरती ठकुरी निर्वाचित भएका छन् ।

    त्यसै गरी लेखा संयोजकमा ललिता पुन, सदस्यमा लक्ष्मी राना, उमाशंकर अधिकारी, ऋण उपसमिति संयोजकमा सन्तोष जैसवाल, राकेश यादव, राम मिलन पासी, शिक्षा समिति संयोजकमा हरिहर राय यादव, अञ्जु गुरुङ, सन्तोष भण्डारी तथा सल्लाहकारमा शुशिल गुरुङ र ऋतुमणि पन्त रहेका छन् ।

    ऋतुमणि पन्तको अध्यक्षता, समाजसेवी याम बहादुर थापा (माइला)को प्रमुख आतिथ्यता, सहकारीका सल्लाहकार शुशिल गुरुङ, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्ल, समाजसेवी लेखनाथ भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।