२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रुपन्देहीमा ९ लाख मूल्य बराबरको पटाका बरामद, एकजना पक्राउ

शनिवार , आश्विन २३, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २३ असोज ।
    रुपन्देही प्रहरीले ९ लाख मूल्य बराबरको पटाका बरामद गरेको छ । विभिन्न आकार र साइज तथा नामका १५ हजार ३ सय ८१ प्याकेट ५७५ के.जी.को ९ लाख मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाका अनुसार बुटवल उपमहानगरपालिका–११ मजुवास्थित दिलिप केशरीको घर भाडामा लिई पसल संचालन गर्ने एक जना व्यक्तिले लुकाईछिपाई पटाकाहरु राखेको भन्ने गोप्य सूचनाका आधारमा पसल चेकजाँच गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलबाट खटेको टोलीले पसलमा खानतलासी तथा चेकजाँच गर्दा फेला परेका पटाका बरामद गरी पसल सञ्चालकलाई नियन्त्रणमा लिइएको डीएसपी थापाले जानकारी दिए ।

    पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–७ स्थायी ठेगाना भइ हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मजुवा बस्ने ३१ वर्षिय बिस्मिल्ला मिया रहेको प्रहरीले जनाएको छ ।