images

सोमवार, बैशाख २४ गते २०८१

जन्मदिनमा बिरामीलाई उपचारका लागि सहयोग

जन्मदिनमा बिरामीलाई उपचारका लागि सहयोग

images
images
images
बुधवार, आश्विन २० २०७८
बुधवार, आश्विन २० २०७८
  • जन्मदिनमा बिरामीलाई उपचारका लागि सहयोग

    भैरहवा, २० असोज ।
    भैरहवाका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर बिरामीलाई उपचारका लागि सहयोग गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी सुरज भट्टराईले अप्लास्टिक एनीमिया नामक रोगबाट ग्रसित ४२ वर्षिय राजु थापालाई आर्थिक रकम हस्तान्तरण गरेका हुन् । एनआइसी बैंक लिमिटेड भैरहवा शाखामा कार्यरत भट्टराईले सिद्धार्थनगर–६ निवासी थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । भट्टराई रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका निवर्तमान अध्यक्ष हुन् भने लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धसहित विभिन्न संघ–संस्थामा समेत आबद्ध छन् ।

    images
    images
    images

    ‘जन्मदिनको अवसरमा उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ११ हजार १ सय प्रदान गरेको हुँ, यद्यपि यो रकम प्रयाप्त त छैन्, ’उनले भने । भट्टराईका अनुसार थापाको अहिले भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । पीडित थापाको उपचारका लागि अन्य व्यक्ति तथा संघ–संस्थालाई पनि सहयोग गर्न उनले आग्रह गरे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij