२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

बुटवलमा सस्तो बजारको तयारी 

 तीस स्टलमा एक वस्तु, एक पसल

मंगलवार , आश्विन १९, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • बुटवल, १९ असोज ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार हुँदैछ । संघको सचिवालय बाल मन्दिर परिसरमा घटस्थापनादेखि पञ्चमीसम्म ५ दिन सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यवस्थासहित साल्ट ट्रेडिङ्, दुग्ध विकास संस्थाका दुधबाट बनेका परिकार लगायतका ३० वटा स्टल राखिने दशैं सस्तो बजारका संयोजक बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताए । उनका अनुसार एक वस्तुको एउटा मात्रै स्टल राखिनेछ । दशैं सस्तो बजारमा राखिएका वस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराइने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिए । संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष हुन सकेको थिएन ।

    यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरी सस्तो बजार सञ्चालन गर्न लागिएको संघका महासचिव बिमलराज भट्टराईले बताए । अहिले सञ्चालन गर्न लागिएको २० औं संस्करणको दशैं सस्तो बजार हो । यो २० औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य वस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, पुजा सामग्री, मसला, माछा मासु लगायतका स्टलहरु समावेश गरिने संघले जनाएको छ ।