
सोमवार , आश्विन १२, २०७७
प्यूठान, १२ असोज ।
प्यूठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवी गाउँपालिका–१ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो ।
सडकमाथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन जेसिबीवाट हाम फालेका चालक अर्घाखाँचीको शितगंगा नगरपालिका–८ लापेका ४० वर्षिय नरसिंह वुढा मगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij