images

सोमवार, बैशाख २४ गते २०८१

म्यास्थेनिक क्राईसिस सुत्केरीलाई रोटरी डाउनटाउनको एकलाख सहयोग

म्यास्थेनिक क्राईसिस सुत्केरीलाई रोटरी डाउनटाउनको एकलाख सहयोग

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • म्यास्थेनिक क्राईसिस सुत्केरीलाई रोटरी डाउनटाउनको एकलाख सहयोग

    बुटवल, १८ असोज ।
    कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँकी अनौठो रोग म्यास्थेनिक क्राईसिस रोगका कारण उपचारमा रहेकी २ महिनाका सुत्केरी अनिता विकलाई रोटरी क्लब अफ बुटवल डाउनटाउनले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । एक समारोहकाबीच रोटरी इन्टरनेशनल ३२९२ डिष्ट्रिक जोन २३ का ए.जी.नारायण प्रसाद पन्थ, ए.जी. जीवन अधिकारी, क्लबका अध्यक्ष जबिन कक्षपति, पूर्व अध्यक्ष भिमराज श्रेष्ठ, रवि पोखरेल, प्रेसिडेन्ट इलेक्ट भरत राना, प्रेसिडेन्ट नोमिनी कमला हमाल, सह–कोषाध्यक्ष हरि खरेल, सचिव बाबुराम बन्जाडे, दिपक पौडेलले बिरामीका ससुराबुबा लोक बहादुर विकलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।  

    images
    images
    images

    ]गम्भिर किसिमको लक्षण देखिएपछि उनलाई तुरुन्त भेन्टिलेटर सुविधाको अस्पतालमा लग्न चिकित्सकको सल्लाह अनुसार काठमाण्डौ मेडिकल कलेज भर्ना गरियो । जहाँबाट फेरी न्यूरो अस्पतालमा जाचको क्रममा उनलाई म्यास्थेनिक क्राईसिस भन्ने गम्भिर रोग लागेको पत्ता लाग्यो । व्यक्तिमा थाइराईडको गडबडीका कारण यस्तो समस्या आउने चिकित्सकहरु बताउँछन । उपचारको क्रममा दैनिक लाखौ रुपैया खर्च भइरहेको बिरामीका पति झबिन्द्र विकले बताए । अस्पतालको दैनिक खर्च धान्न दुई महिनाको अवधिमा १० धुरमा बनाएको घरजग्गा सबै सकिएको उनको दुःखेसो छ । उपचारको क्रममा परिवारको २२ लाख बढी खर्च भएको उनले बताए ।

    सामाजिक संजालमा उपचार खर्च जुटाएको खबरबाट प्रभावित भएर रोटरी क्लब अफ बुटवल डाउनटाउनका सह–कोषाध्यक्ष तथा स्थानीय छिमेकी हरि खरेलले जानकारी पाए । उनले यो कुरा क्लबको बैठकमा लगेर सहयोग जुटाउन प्रस्ताव गरे । खरेलले नै यसमा अगुवाइ गरे । उनले ५० हजार रुपैयाँ नगद सहयोग गर्ने वाचासंगै प्रस्तावमा क्लबका अध्यक्ष जबिन कक्षपति टिमबाट थप १ लाख ११ हजार रुपैयाँ जुटाउन सफल भए । क्लबले आगामी दिनमा पनि सहयोग निरन्तर रुपमा गर्ने क्लबका सम्पूर्ण पदाधिकारीहरुले प्रतिवद्धता जनाएका छन् । 

    काठमाडौमा उपचाररत विकको जीवन रक्षाका लागि सामाजिक सञ्जालमार्फत अनिता बचाउ अभियान थालिएको छ । पहिले भन्दा अनिताको स्वास्थ्य अवस्था अहिले केही सुधार हुँदै गएको पारिवारिक स्रोतले जनाएको छ । दाताहरुले एनएमबी बैक लिमिटेड बनगाई शाखाको झबिन्द्र विक खाता नं. ०५१०१४५९००४०००१८, ग्लोबल आईएमई बैक बनगाई शाखामा सन्तोष बिक, खाता नं. ०७०७०१०००६२९४ मा आर्थिक सहयोग गर्न परिवारको सदस्यहरुको आग्रह छ । 

    क्लबका कोषाध्यक्ष भानु केसीले सामाजिक उत्तरदायित्व अन्तरगत समस्या र आवश्यकता अनुसार सहयोग धेरै क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए । यसअघि ठुलोलुम्पेकका बाढी प्रभावितदेखि मृगौला प्रत्यारोपण गर्न हरैयाका आयुशा पाण्डेलाई समेत क्लबबाट सहयोग गरिएको उनले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij