२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

अधिकारीले मनाए बालगृहमा आफ्नो जन्मदिन

शनिवार , आश्विन १६, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, १६ असोज । 
    आफ्नो जन्मदिनको अवसरमा भैरहवाका एक युवाले बाल गृहलाई आर्थिक सहयोग गरेका छन् । सिद्धार्थनगर नगरपालिका–३ निवासी २५ वर्षिय दुर्गा प्रसाद अधिकारीले लुम्बिनीरोडमा अवस्थित सिद्धार्थ बाल गृहलाई सहयोग गरेका छन् । २४ वर्ष पुरा भइ २५ औं वर्षमा प्रवेश गरेका अधिकारीले आश्रमका सञ्चालक कृष्ण माया गुरुङलाई शुक्रबार १० हजार रुपैयाँ हस्तान्तरण गरे ।

    ‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालगृहलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको हुँ, बालगृहमा केही रकम प्रदान गर्दै बालबालिकासंगै केक काटेर जन्मदिन मनाउन पाउँदा खुशीको अनुभुति भएको छ, ’उनले भने । अधिकारी उद्योग व्यापार संगठन रुपन्देही, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन लगायत आधा दर्जन बढी संस्थामा अफिसियल फोटोग्राफरको रुपमा कार्यरत छन् ।

    जन्मदिनमा फजुल खर्च नगरी बाल गृहलाई सहयोग गर्नु पुनित कार्य भएको युवा समाजसेवी समेत रहेका होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका कानूनी सल्लाहकार प्रख्यात बन्जाडे बताउँछन् ।

    IMG_7057.jpg