images

बिहिवार, बैशाख २७ गते २०८१

स्वागत तथा सम्मान

स्वागत तथा सम्मान

images
images
images
शनिवार, आश्विन १६ २०७८
शनिवार, आश्विन १६ २०७८
  • स्वागत तथा सम्मान

    भैरहवा, १६ असोज ।
    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा तथा पेशागत बीमा अभिकर्ता संघ भैरहवा शाखाको संयुक्त आयोजनामा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख पुरुषोत्तम सापकोटालाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । भैरहवा शाखाका पूर्व प्रमुख सापकोटालाई प्रदेश प्रमुख भएकोमा सो कार्यक्रममार्फत सम्मान गरिएको हो । 

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथि पुरुषोत्तम सापकोटाले समूहगत कार्यमा एक्लै अगाडि बढेर अहिले सफल हुन नसकिने बताए । उनले आफूलाई सफल बनाउन अभिकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
    संघका सल्लाहकार उमेश थापाले लुम्बिनी प्रदेश मुलुककै आर्थिक विकासको धेरै सम्भावना बोकेको क्षेत्र भएकोले अभिकर्ताहरुलाई आर्थिक रुपमा जोड्न नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ भैरहवा शाखाका अध्यक्ष मोती शर्मा, लालसा यादव, बाबुराम शर्मा, राजेश यादव, शिवचन्द्र वरई, सानू गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
    शाखा प्रमुख रमेश कुमार पौडेलको अध्यक्षता, रेशम सिंह ठकुरीको स्वागत तथा गजेन्द्र कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ९७ जना नयाँ अभिकर्ताहरुलाई लुम्बिनी प्रदेश प्रमुख पुरुषोत्तम सापकोटाले बीमासम्बन्धी जानकारी तथा सहजीकरण गरेका थिए । कम्पनीले बीमाबारे नयाँ अभिकर्ताहरुलाई आवश्यकता अनुसार समय समयमा अभिमुखीकरण गरिरहने र भैरहवा शाखामा क्रियाशिल ५ सय अभिकर्ताहरुलाई पुर्नताजगी तालीम समेत दिइरहने शाखा प्रमुख रमेश कुमार पौडेलले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij