images

बिहिवार, बैशाख २७ गते २०८१

सांसद फखरुद्दीन खानद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

सांसद फखरुद्दीन खानद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

images
images
images
शुक्रवार, आश्विन १५ २०७८
शुक्रवार, आश्विन १५ २०७८
  • सांसद फखरुद्दीन खानद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

    भैरहवा, १५ असोज ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । उनले लुम्बिनी क्षेत्रका २९ विपन्न परिवार गरी ३ लाख १५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । लुम्बिनी क्षेत्रबाट निर्वाचित युवा नेता खानले पुत्र लाभको अवसर पारेर सहयोग गरेका हुन् । ‘छोरा जन्मेको सातौ दिनमा नाम राख्ने दिन (न्वारन) को अवसर पारेर विपन्न परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शुक्रबार नगद प्रदान गरेको हुँ, ’सांसद खानले भने । उनले नयाँ संस्कारको सुरुवात गर्न खाजेको बताए । ‘जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले जनताको दुःखसुखमा सहभागि हुँदै आएको छु, निरन्तर जनताको लागि काम गर्नेछु, ’उनले भने ।

    images
    images
    images

    सांसद फखरुद्दीन खानले विपन्न परिवारलाई सहयोग गर्नु पुनित कार्य भएको युवा समाजसेवी प्रख्यात बन्जाडे बताउँछन् । ‘जन्मदिन, वैवाहिक वर्षगांठ जस्ता विशेष अवसरमा फजूल खर्च गर्नुभन्दा विपन्न परिवारलाई सहयोग गर्नु उपयुक्त हुन्छ, ’बन्जाडेले भने ।


    244031835_1682911128568656_2679708323482260639_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij