images

बिहिवार, बैशाख २७ गते २०८१

पाँचौ स्थापना दिवसको अवसरमा अपांग आश्रमलाई सहयोग

पाँचौ स्थापना दिवसको अवसरमा अपांग आश्रमलाई सहयोग

images
images
images
शुक्रवार, आश्विन १५ २०७८
शुक्रवार, आश्विन १५ २०७८
  • पाँचौ स्थापना दिवसको अवसरमा अपांग आश्रमलाई सहयोग

    भैरहवा, १५ असोज ।
    आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ सिद्धार्थनगर युथले अपांग आश्रमलाई सहयोग गरेको छ । क्लबले बुटवल उपमहानगरपालिका–११ स्थित नेपाल अपांग आश्रमलाई ३१ हजार रुपैयाँ प्रदान गरेको हो । भैरहवामा आयोजना गरिएको पाँचौ स्थापना दिवस समारोह कार्यक्रममा क्लबले आश्रमका अध्यक्ष डोल बहादुर वि.क.लाई उक्त रकमको चेक हस्तान्तरण गरेका हो । आश्रमलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष प्रशान्तमणि रामदामले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्ने बताए । उनले लायन्स क्लबले सहयोग गर्न सिकाउने बताए । 

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले लायन्स सिद्धार्थनगर युथले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताए । लायन्स क्ल्ब अफ सिद्धार्थनगर युथका पूर्व अध्यक्ष विनय कसौधनले सम्पूर्ण क्लबले संयुक्त रुपमा मिलेर अपांग आश्रमका लागि भवन बनाउन सकिने बताए । क्लबका पूर्व अध्यक्ष अभिनव मयूर कसौधनले लायन्सको विधामा रहेर आगामी दिनमा पनि कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे । लायन्स सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठले विगतका दिनमा जस्तै आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे । नेपाल अपांग आश्रमका अध्यक्ष डोल बहादुर वि.क.ले भैरहवामा रहेको लायन्स क्लब अफ सिद्धार्थनगर युथले फरक क्षमता भएका व्यक्तिहरुलाई केही भए पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले अगाडी बढ्नु खुशीको कुरा भएको बताए । उनले क्लबले विगतमा पनि आश्रमलाई सहयोग गरेको बताए । 

    लायन्स सिद्धार्थनगर युथका संस्थापक सदस्य तथा लायन्स भैरहवा ग्रीन सिटी वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले संस्थापक सदस्यलाई क्लबले आमन्त्रित गरेकाले खुशीको अनुभुति भएको बताए ।
    लायन्स क्लब अफ सिद्धार्थनगर युथका संस्थापक सदस्य तथा लायन्स भैरहवा युथका संस्थापक अध्यक्ष विवेक जैसवालले लायन्स सिद्धार्थनगर युथले विभिन्न क्लब जन्माउन सफल भएको बताए । कार्यक्रम संयोजक अनुप भट्टराईको स्वागत, हरि आचार्यको ध्वजा अभिवादन तथा क्लबका सह–सचिव प्रशान्त श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij