images

बिहिवार, बैशाख २७ गते २०८१

नवउद्यमशाला कार्यक्रमको लागि आवेदन आह्वान

नवउद्यमशाला कार्यक्रमको लागि आवेदन आह्वान

images
images
images
बिहिवार, आश्विन १४ २०७८
बिहिवार, आश्विन १४ २०७८
  • नवउद्यमशाला कार्यक्रमको लागि आवेदन आह्वान

    बुटवल, १४ असोज ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमशाला (विजनेश इन्कुवेशन) कार्यक्रमको लागि आवेदन आह्वान गरेको छ । नविनतम सोच भएका युवा उद्यमीलाई व्यवसाय अभिबृद्धिको साथै व्यबसायिक प्रवद्र्धनको लागि आयोजना गरिएको कार्यक्रममा नव उद्यमीलाई आवेदन आह्वान गरिएको हो । पहिलो संस्करणमा सफल भएको यो कार्यक्रम दोस्रो संस्करणमा पुन सञ्चालन गर्न लागिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताए । यो कार्यक्रममा सहभागि हुनको लागि व्यवसायको संस्थापक नेपाली नागरिक हुनुपर्ने, व्यवसाय सञ्चालन भएको ३ वर्ष नपुगेको हुनुपर्ने र नवीनतम सोचको लागि अवधारणा पेश गर्नुपर्ने न्यूनतम मापदण्ड निर्धारण गरिएको संघका व्यवसाय विकास अधिकृत तथा कार्यक्रमका फोकलपर्सन केशव ढकालले बताए ।

    images
    images
    images

    बुटवल उद्योग वाणिज्य संघ, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी वाणिज्य क्याम्पसको साझेदारीमा सञ्चालन गरिने उक्त कार्यक्रममा सहभागि हुन चाहने नव उद्यमीले आगामी कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने उनले बताए । यो कार्यक्रमका माध्यमबाट व्यापार विस्तार तथा व्यवसाय सञ्जाल पहिचानमा सहजता, विजनेश कोच र मेन्टरशिप, मासिक तालिम लगानीमैत्री वातावरणको लाभ लिन सकिने पनि बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij