images

शुक्रवार, बैशाख २८ गते २०८१

तत्काल पहिरो व्यवस्थापन गर्न बुटवल उद्योग वाणिज्य संघको आग्रह

तत्काल पहिरो व्यवस्थापन गर्न बुटवल उद्योग वाणिज्य संघको आग्रह

images
images
images
बिहिवार, आश्विन १४ २०७८
बिहिवार, आश्विन १४ २०७८
  • तत्काल पहिरो व्यवस्थापन गर्न बुटवल उद्योग वाणिज्य संघको आग्रह

    बुटवल, १३ असोज ।
    बुटवलको ज्योतीनगर लक्ष्मीनगर क्षेत्रमा गएको पहिरो व्यवस्थापन र पहिरो प्रभावितलाई उचित व्यवस्थापनको माग गर्दै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले गृहमन्त्री बालकृष्ण खांण र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाएको छ ।बुटवल उद्योग वाणिज्य संघको टोलीले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई मुख्यमन्त्रीको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो भने जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत गृहमन्त्री खांणलाई ज्ञापनपत्र बुझाएको हो । 

    images
    images
    images

    ज्ञापनपत्र बुझाउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले ज्योतीनगर लक्ष्मीनगर क्षेत्रमा चेरेबाट झरेको पहिरो सिंगो बुटवललाई नै जोखिम हुने गरी खडा भएकोले त्यसको दीर्घकालिन समाधानको खोजी गर्न आग्रह गरे । ज्ञापनपत्र बुझ्दै लुम्बिनीका मुख्यमन्त्री केसीले लक्ष्मीनगर ज्योतीनगर क्षेत्रमा गएको पहिरो व्यवस्थापनको लागि प्रदेश सरकारको तर्फबाट काम सुरु गरिएको जानकारी गराउँदै पहिरो प्रभावितलाई तत्काल राहत र व्यवस्थापनको लागि गृहकार्य भइरहेको जानकारी दिए ।

    त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्राप्त ज्ञापनपत्र तत्कालै गृह मन्त्रालयमा पठाउने र बाँकी प्रशासनबाट गर्नुपर्ने कामको लागि आफू तयार रहेको बताए । त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ समेतको सहभागिता थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij