images

आइतवार, बैशाख २३ गते २०८१

व्यवसायीको प्रश्न : राती ८ बजे पसल बन्द गरेर पर्यटनको प्रवर्द्धन हुन्छ ?

व्यवसायीको प्रश्न : राती ८ बजे पसल बन्द गरेर पर्यटनको प्रवर्द्धन हुन्छ ?

images
images
images
बिहिवार, आश्विन १४ २०७८
बिहिवार, आश्विन १४ २०७८
  • व्यवसायीको प्रश्न : राती ८ बजे पसल बन्द गरेर पर्यटनको प्रवर्द्धन हुन्छ ?

    भैरहवा, १४ असोज । 
    मंगलबार संघीय संसद, प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोली गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अवलोकन भ्रमणका लागि भैरहवा आयो । संसदीय टोलीले सोही दिन होटल, पर्यटन व्यवसायी लगायतसंग भैरहवामा अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । अन्तरक्रिया कार्यक्रममा सहभागि व्यवसायीहरुले उक्त टोलीसंग आफूहरु समस्यैसमस्याबाट गुज्रिरहेको भए पनि सरकारबाट खासै सेवा सुविधा पाउन नसकेको गुनासो गरे ।

    images
    images
    images

    कार्यक्रममा पहिलो वक्ताका रुपमा बोल्दै लुम्बिनीका पर्यटन व्यवसायी तथा लुम्बिनी होटल संघका उपाध्यक्ष मेघनाथ आचार्यले लुम्बिनीमा पर्यटक नआउँदा होटलहरु लक गरेर बसेजस्तो अनुभुति भएको बताए । उनले भैरहवा–लुम्बिनी चारलेन सडकखण्ड अन्तर्गत बेथरी र दानव नदीमा निर्माणाधिन पुल निर्माणसम्पन्न नहुँदा घण्टौसम्म सवारीसाधन जाममा पर्दा पनि पर्यटकहरु सहज रुपमा लुम्बिनी पुग्न समस्या भएको बताए । ‘पुल निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्न माग गर्दै प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायौं, तर मागको सुनुवाई भएन, पप्पु कन्सट्रक्शनले चार वटा पिलर बनाएर विगत ६–७ वर्षदेखि पुल अलपत्र पारेको छ । ’
    ‘दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्ने लुम्बिनी पुग्ने मुख्य सडकमा सवारीसाधन जाममा पर्दा निकै नै समस्या थपिएको छ, कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएको बेला लुम्बिनी आउन चाहने पर्यटकलाई पनि पुलले समस्या थपिएको छ, ’आचार्यले भने ।

    अग्रज पत्रकार चेतन पन्तले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अझ तीव्र गतिमा लैजान सरकारको तदारुकता नदेखिएको गुनासो गरे । उनले लाइफलाइन एअरपोर्टको रुपमा रहेको विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण आवश्यक रहेको र विमानस्थलमा एडीबी थप लगानी गर्न समेत तयार रहेको बताए ।

    लुम्बिनीका होटल व्यवसायी अकरम खानले लुम्बिनीमा कुनै पर्यटक एक दिन बसे पनि त्यो ठूलो कुरा भएको बताए । उनले भैरहवा–लुम्बिनी ४ लेन सडक गुणस्तरहीन बनेको बताए । ‘मोनाष्ट्रीमै पर्यटक बस्दा बाहिर रहेका होटल व्यवसाय धरासायी भएको छ, ’उनले भने ।

    पर्यटन व्यवसायी राम बहादुर कोइरीले छिटो भन्दा छिटो नाका सहज रुपमा सञ्चालनमा ल्याउनुपर्ने माग गरे । उनले नाकामा सहज रुपमा आवातजावत हुन नसक्दा हालै सञ्चालनमा आएका नयाँ होटलहरु बढी मारमा परेको बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले कोभिड–१९ का कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए । उनले राती ८ बजे नै पसल÷होटल बन्द गर भनेर पर्यटनको प्रबद्र्धन हुन्छ भन्दै प्रश्न गरे । अध्यक्ष न्यौपानले कम्तीमा राती १२ बजेसम्म होटल तथा व्यवसाय सञ्चालन हुनुपर्ने बताए ।‘ सरकारले व्यवसाय सञ्चालनका लागि सुरक्षा प्रदान गर्नुपर्छ, जनशक्ति कम छ भनेर हुँदैन,’न्यौपानेले भने ।
    पर्यटन व्यवसायी श्रीचन्द गुप्ताले कतिपय भारतीय पर्यटक नेपाल आउन खोजे पनि नाकामा उनीहरुले दुःख पाइरहेको बताए । नाकामा भारतीय पर्यटकलाई सहज रुपमा प्रवेश गराउने वातावरण सिर्जना गर्नुपर्छ, गुप्ताले भने । उनले भैरहवा भन्सार कार्यालयमा रहेको ब्यागेज एक्स–रे मेशिन बिग्रेकाले तत्काल मर्मत गरी मेशिन सञ्चालनमा ल्याउनुपर्ने माग गरे ।

    सिद्धार्थ होटल एशोसियन (सान)का वरिष्ठ उपाध्यक्ष विष्णु गौतमले सरसफाई सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझीले पर्यटक बोकेर आउने सवारीसाधनलाई किन रोकिएको भन्दै प्रश्न गरे । उनले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद सातौ पटक थप्ने तयारी भइरहेको भन्दै म्याद थप्दा लागत समेत बढ्दै जाने भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

    सिद्धार्थ होटल एशोसियशनका उपाध्यक्ष किशोर जोशीले अहिलेको अवस्था हेर्दा एक वर्षसम्म विदेशी पर्यटक आउने सम्भावना कम रहेकाले भारतीय पर्यटकले प्राथमिकता पाउनुपर्ने बताए । उनले पर्यटकलाई अन्यौलमा राख्न नहुने बताए । 

    होटल पवन प्यालेस लुम्बिनीका सञ्चालक पवन हलुवाईले ठूला होटलले सरकारबाट कुनै सुविधा पाउन नसकेको गुनासो गरे । उनले व्यवसायीका माग छिटो सम्बोधन गर्नुपर्ने माग गरे ।
    लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाईले व्यापार घाटा कम गर्ने पर्यटन क्षेत्र मुख्य स्रोत भएको बताए । उनले लुम्बिनीका मोनाष्ट्रीभित्र पर्यटक राख्दा बाहिर सञ्चालनमा आएका होटल व्यवसायीहरुले के गर्ने भन्दै प्रश्न गरे । उनले मोनाष्ट्रीहरुलाई पनि करको दायरामा ल्याउन माग गरे ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य पल्लवी न्यौपानेले लेडिज टुरिष्ट गाइडको समेत व्यवस्था हुनुपर्ने बताइन् । उनले सबै सिजनमा पर्यटन भित्र्याउने रणनीति बनाउनुपर्ने बताइन् ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) का अध्यक्ष अनिल कुमार ज्ञवालीले भने, ‘हजारौंको सहभागितामा राजनीतिक दलको आमसभा हुँदा चार जना पर्यटक एउटा गाडीमा आउँदा सीमा नाकामा किन रोकिन्छ, पर्यटन व्यवसायीलाई मात्र किन टार्गेट गरिन्छ, स्थलमार्ग र हवाईमार्गलाई व्यवस्थित गर्दै पर्यटक भित्र्याउनुपर्छ । ’उनले व्यवसायीले कमाउन नसके कसरी राज्यलाई कर तिर्ने भन्दै प्रश्न गरे ।संगठनका कार्यसमिति सदस्य लक्ष्मण भण्डारीले पर्यटकको स्वागतमा कुुनै कमी नरहेको बताए । उनले सरकारले निजी क्षेत्रसंग हातेमालो गर्नुपर्नेमा जोड दिए । 

    सिद्धार्थ होटल एशोसियसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सरकारले नाका खोल्ने निर्णय गुर्न स्वागतयोग्य भएको बताए । उनले प्रत्येक वर्ष अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा व्यवसायीका लागि विभिन्न सेवा सुविधा ल्यायौं भने पनि त्यो भाषणमा मात्रै सीमित भएको बताए ।

    सरकारले व्यवसायीको आवाज सुन्नुपर्छ : सांसद
    व्यवसायीहरुका विभिन्न समस्याहरुबारे जानकारी लिएपछि कार्यक्रममा सहभागि संघीय संसद, प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले सरकारले व्यवसायीको आवाज सुनेर सम्बोधन गर्नुपर्ने बताए । प्रतिनिधिसभा सदस्य पुष्पा कुमारी कर्णले गौतमबुद्धको जीवनीसंग जोडेर यहाँको समाजको चित्रण हुने गरी संग्रहालय बनाउनुपर्ने बताइन् । 

    सांसद मोहन बानियाले पर्यटकलाई भुल्ने वातावरण बनाउनुपर्ने बताए । उनले वर्तमान सरकार व्यवसायीका माग सुन्ने पक्षमा नरहेको दावी गरे । सांसद रेनुका गुरुङले सदनमा पर्यटन व्यवसायीका कुरा उठाउने बताइन् । उनले एउटा पर्यटक आउँदा १० वटा थप पर्यटक नेपाल आृउने वातावरण बनाउन रणनीति बनाउनुपर्ने बताइन् ।

    सांसद सरला यादवले बुद्धको मूर्ति ठाउँठाउँमा राख्नुपर्ने बताइन् । उनले सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताइन् । सांसद नारदमुनी रानाले नाकामा सहज रुपमा आवागमन हुनुपर्ने बताए । उनले हरेक क्षेत्र अगाडी बढाउन राजनीतिक स्थिरता आवश्यक रहेको बताए ।

    सांसद दिव्यमणि राजभण्डारीले निजी क्षेत्र देशको मेरुदण्ड भएको बताए । उनले व्यवसायीहरुका माग सम्बोधनका लागि आफ्नो तर्फबाट सरकारसंग पहल गर्ने बताए । लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष सम्झना शर्माले व्यवसायीका माग सम्बोधन गर्न सांसदहरुको ध्यान जानुपर्ने बताइन् । सिद्धार्थ होटल एशोसियशनका महासचिव रविन्द्र शर्मा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij