images

आइतवार, बैशाख २३ गते २०८१

मृगौलापीडितलाई उपचारका लागि लायन्स भैरहवा ग्रीन सिटीद्वारा सहयोग

मृगौलापीडितलाई उपचारका लागि लायन्स भैरहवा ग्रीन सिटीद्वारा सहयोग

images
images
images
बिहिवार, आश्विन १४ २०७८
बिहिवार, आश्विन १४ २०७८
  • मृगौलापीडितलाई उपचारका लागि लायन्स भैरहवा ग्रीन सिटीद्वारा सहयोग

    भैरहवा, १४ असोज ।  
    सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले मृगौलासम्बन्धि समस्या भएका विरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोलिगढका पृथ्वी बहादुर जियुको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । ठकुरीको उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनको घरमा पुगेर ५६ हजार ५ सय २५ रुपैयाँ हस्तान्तरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अथिति सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले लायन्सले गरेको कामको प्रशंसनीय रहेको बताए । उनले आफ्नो वडामा परेको समस्यामा आफूले पनि सहयोग गर्ने बताए । 
    विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ महेशचन्द्र थापाले स्थापना कालदेखि नै लायन्स भैरहवा ग्रीन सिटी मानवीय सेवामा लागेकोले डिष्ट्रिकले पनि उच्च मुल्यांकन गरेको बताए ।  दिलिप बस्यालको संयोजन तथा थानेश्वर पाण्डे (प्रकाश)को संचालनमा कार्यक्रम सम्पन्न भएको क्लबका कोषाध्यक्ष बिना पौडेलले जानकारी दिइन ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij