images
images

आइतवार, जेठ ६ गते २०८१

तिलोत्तमामा सम्भावित ४० उद्यमी घोषणा

तिलोत्तमामा सम्भावित ४० उद्यमी घोषणा

images
images
images
बुधवार, आश्विन १३ २०७८
बुधवार, आश्विन १३ २०७८
  • तिलोत्तमामा सम्भावित ४० उद्यमी घोषणा

    बुटवल, १३ असोज । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ४० जना सम्भावित उद्यमीलाई छनोट गरेको छ । नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतिकरण कार्यक्रम अनुसार ४० जना सम्भावित उद्यमीलाई छनोट गरेको छ ।  
    दायित्व  परियोजनाको सहजीकरणमा नगरपालिकाले गत चैत १९ गते आह्वान गरेको आवेदनमा नगरका १२५ जना उद्यमीले आवदेन दिएका थिए । त्यसमध्ये ४० उद्यमीलाई छनोट गरी मंगलबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको हो ।  

    images
    images
    images

    तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उत्कृष्ट उद्यमी छनोट कार्यक्रमले ग्रामीण क्षेत्रमा लुकेर बसेका उद्यमीलाई प्रवद्धन गर्न मद्दत पुगेको बताए । यस कार्यक्रम सञ्चालन भएपछि नगरमा  हजारौं उद्यमी जोश जागर बढाएको उनले बताउँदै नव उद्यमीलाई प्रेरणाको स्रोत नगरप्रमुख दायित्व ग्रामीण कार्यक्रम बन्न सकेको दावी गरे । नगरपालिकाले उत्पादनमा आधारित कृषकलाई अनुदान दिँदै आएको घिमिरेले बताउँदै अनुदानमा हुने दुरुपयोग रोकिनको लागि सबै सचेत हुनुपर्नेमा जोड दिए ।   

    दायित्व ग्रामीण उद्यम द्रुतिकरण कार्यक्रमका संयोजक सञ्जय पोखरेलले कृषि र पर्यटनसम्बन्धि उद्यमीको मूल्यांकन गरी सम्भावित ४० उद्यमीलाई छनोट गरिएको जानकारी दिए । सीप, सोच, श्रोत, साधन, सरकार, समुदाय र उद्यमी क्षेत्रमा उद्यम अभियान सञ्चालन गर्न सक्ने उद्यमी छनोट गर्ने अभियान अन्तगर्त आज घोषणा गरिएका उद्यमीको स्थलगत अवलोकन गरी उत्कृष्ट २० उद्यमी छनोट गरिनेछ । त्यसमध्ये तालिमको व्यवस्था गरी समुदायमा भोटिङ्गको आधारमा फेरि १० उत्कृष्ट उद्यमीको छनोट गरिने छ । यसमा छनोट भएका उद्यमीले २५–२५ हजारबीच कोष प्राप्त गर्ने पोखरेलले जानकारी दिए ।

    १० उद्यमीबीच प्रतियोगिताको आयोजना गर्दै योजना र लगानी गर्न सक्ने १ जना उत्कृष्ट उद्यमीलाई परियोजनाले छनोट गर्नेछ । उत्कृष्ट एक उद्यमीले एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।  लुम्बिनी प्रदेशको तिलोत्तमा, तानसेन, मुसिकोट र गलकोट नगरपालिकामा दायित्व ग्रामीण उद्यम कार्यक्रम सञ्चालन गरिएको दायित्व परियोजनाका लुम्बिनी प्रदेशका संयोजक कमल थापाले जानकारी दिए । ग्रामीण क्षेत्रमा रहेका युवा उद्यमीलाई सीप, सोच, श्रोतसाधन, सरकार र समुदायमा अघि बढाउनको लागि कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij