२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

जेसिआई सिद्धार्थ लेडिद्वारा हस्तकला तालिम प्रदान 

मंगलवार , आश्विन १२, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा। जेसिआई सिद्धार्थ लेडि नेपालको आयोजनामा भैरहवामा जारी साताव्यापी कार्यक्रम अन्तरगत मंगलबार चुरा पोते तथा हस्तकला तालिम सम्पन्न भएको छ। 

    सीप सिकौ, आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ सम्पन्न भएको कार्यक्रममा २५ जनाले तालिम लिएको कार्यक्रम संयोजक सीता काफ्लेले जानकारी दिईन। 

    लेडिज जेसिजले रजत जयन्तीको अवसर पारेर बिभिन्न कार्यक्रम गर्दै आएको छ। हस्तकला तालिममा चुरा, पोते, टप, मंगलसुत्र लगाएका सामान बनाउन सिकाईएको अध्यक्ष रिमा न्यौपानेले जानकारी दिईन। 

    सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको प्रमुख आथित्यता तथा गिता गैरे बन्जाडेको सञ्चालनमा भएको कार्यक्रममा महासचिव मिनाक्षी क्षेत्री, जेसिज सप्ताह निर्देशक ललिता चौधरी, संगीता आचार्य लगाएतले बोलेका थिए। 

    3.jpg

    कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख काफ्लेले यस्ता खालका सीपमुलक कार्यक्रमले महिलाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताईन। उनले तालिमलाई व्यवहारिक रुपमा लागु गर्न तालिममा सहभागि सैलाई आग्रह गरिन। 

    जेसिज सप्ताह अन्तरगत सोमबार पाठेघर तथा सुगर परिक्षण कार्यक्रम गरिएको थियो। ओमसतिया गाउँपालिका १ ठुटिपिपल माविमा आयोजना गरिएको कार्यक्रममा ९० जनाले पाठेघरको परिक्षण गराएको तथा ६० जनाले सुगर परिक्षण गराएको कार्यक्रम संयोजक प्रकृती उप्रतीले जानकारी दिईन। सो अबसरमा महिलालाई आबश्यक औषधी समेत निशुल्क बितरण गरिएको थियो। 

    4.jpg