images

शुक्रवार, चैत्र १६ गते २०८०

पर्यटक स्वागत गर्न तयार छ बुद्ध जन्मस्थल

पर्यटक स्वागत गर्न तयार छ बुद्ध जन्मस्थल

images
images
images
मंगलवार, आश्विन १२ २०७८
मंगलवार, आश्विन १२ २०७८
  • पर्यटक स्वागत गर्न तयार छ बुद्ध जन्मस्थल

    सिद्धार्थनगर, १२ असोज । विश्वका पर्यटकलाई स्वागत गर्न बुद्ध जन्मस्थल लुम्बिनी तयार रहेको सरोकारवालाले बताएका छन् । लुम्बिनी विकास कोषद्वारा ४२औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरूले लुम्बिनीमा विश्वका पर्यटकका लागि कोभिड पश्चात्को अवस्थामा पनि सुरक्षित ढंगले घुमाउने, बस्ने तथा खाने व्यवस्थापन गर्ने गरी तयारी गरिएको बताएका हुन् ।

    images
    images
    images

    पवित्र उद्यान लुम्बिनीको केन्द्रीय नहर नजिकै रहेको शान्तिदीप परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेयाले भने, ’‘लुम्बिनीमा विगतमा ११५ देशका नागरिकले भ्रमण गरेको तथ्यांक छ, हामी संसारभरका मानिसलाई आजैका दिनमा पुनः लुम्बिनी घुम्न आउन अनुरोध गर्दछौँ ।’ उपाध्यक्ष भिक्षु मेतेयाले कोभिडको संक्रमण विश्वमा रोक्न तथा कोभिडको कारण मृत्यु भएकाको महापरिनिर्वाणका लागि पनि लुम्बिनीमा आएर पूजापाठ गर्नु संसारका मानिसका लागि जरुरी रहेको बताए ।

    नेपाल र भारतका पत्रकारको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष मेतेयाले लुम्बिनी विश्वको साझा थलो भएको बताउँदै यसको संवर्द्धन र प्रवर्द्धनमा सबैको सहकार्य रहेको बताए । उनले भने, ‘बुद्धवचनको पालना गर्दै, बुद्धले देखाएको मार्गमा हिँडेमा मात्र मानवीय जीवन सफल हुनेछ । हामी भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभरका मानिसलाई सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भनेर प्रार्थना पनि गर्न चाहन्छौँ ।’ उपाध्यक्ष मेतेयाले विश्व पर्यटन बजारको पुनरुत्थानका लागि लुम्बिनीबाट पहल थालिएको पनि बताए ।

    कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बौद्ध दर्शन र साहित्यले नै संसारलाई सही बाटोमा हिँडाउने बताए । उनले लुम्बिनी, लुम्बिनी क्षेत्र र बुद्ध जीवनीको विषयका गहन अध्ययन अनुसन्धान गरेर समाचार, लेखहरू लेख्नसमेत पत्रकारलाई आग्रह गरे । उपकुलपति बज्राचार्यले विश्वको पर्यटनमा लुम्बिनीको महत्व उल्लेखनीय रहेको बताए । लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले लुम्बिनी क्षेत्रका होटलमा असोज १५ गतेदेखि गाइडेड प्याकेज टुर कार्यक्रम ल्याइएको बताए ।

    महासचिव शर्माले सो अवसरमा तीनदिने प्याकेज कार्यक्रम २ हजार १ सय ९९ मा तय गरिएको समेत बताए । स्वदेशी पर्यटक लक्षित उक्त कार्यक्रममा पहिलो दिन बस स्टपबाट होटलसम्म पिक अप, होटलमा स्वागत, लुम्बिनीसम्बन्धी जानकारी, साँझ बुद्धग्राम रोबोटिक थिएटर भ्रमण र राति विश्राम कार्यक्रम रहेको छ । दोस्रो दिन मायादेवी मन्दिर अवलोकन, शान्ति दीप, आमा क्याफे बिगबेलको अवलोकन, अन्तर्राष्ट्रिय क्षेत्रको अवलोकन, नयाँ सांस्कृतिक ग्रामको अवलोकन हुने कार्यक्रम छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख डा. हरिध्वज राईले लुम्बिनीको प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका उल्लेखनीय हुन्छ ।’ रासस


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij