images
images

आइतवार, जेठ ६ गते २०८१

रु. २१९९ मा लुम्बिनीको ‘गाइडेड प्याकेज टुर ’

रु. २१९९ मा लुम्बिनीको ‘गाइडेड प्याकेज टुर ’

images
images
images
सोमवार, आश्विन ११ २०७८
सोमवार, आश्विन ११ २०७८
  • रु. २१९९ मा लुम्बिनीको ‘गाइडेड प्याकेज टुर ’

    भैरहवा, ११ असोज ।
    यही असोज १५ गतेदेखि २ हजार १ सय ९९ रुपैयाँमा गाइडेज प्याकेज टुर कार्यक्रम अन्तर्गत लुम्बिनी भ्रमण गर्न सकिनेछ । लुम्बिनीको गाइडेड प्याकेज टुर कार्यक्रम अन्तर्गत उक्त रकममा भ्रमण गर्न सकिने लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले बताए । लुम्बिनी होटल संघ नेपाल लुम्बिनीले विभिन्न पर्यटन व्यवसायी संघ–संस्था र सरोकारवाला निकायसंगको सहकार्यमा असोज १५ देखि लागू हुने गरी (१ रात २ दिन) उक्त प्याकेज कार्यक्रम सञ्चालन गरिने संघका महासचिव लीलामणि शर्माले बताए ।

    images
    images
    images

    कार्यक्रम अन्तर्गत पहिलो दिन बस स्टपबाट होटलसम्म पिक अप, होटलमा स्वागत/दर्ता, लुम्बिनी भ्रमण सम्बन्धमा छोटो जानकारी, सांझको लुम्बिनी अवलोकन/बुद्धग्राम रोबोटिक थियटर भ्रमण, डिनरपछि रात्री विश्रामको व्यवस्था रहेको शर्माले बताए ।

    त्यस्तै दोस्रो दिन बेक्रफास्ट, मायादेवी मन्दिर पवित्र बगैंचा परिसर भ्रमण/दर्शन/अवलोकन (गाइडेड टुर), बेबी बुद्ध, शान्ति दीप,  बिगबेल आदिको अवलोकन, होटल आगमन, दिउँसोको खाना, अन्तर्राष्ट्रिय मन्दिर क्षेत्रको अवलोकन भ्रमण, नयाँ सांस्कृतिक ग्राम क्षेत्रको भ्रमण रहेको उनले जानकारी दिए । भ्रमणका निम्ति विशेष सहुलियतमा थप आकर्षक प्याकेजहरु थप्दै जाने लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए । ‘कोरोना महामारीका कारण पर्यटन क्षेत्र धरासायी भएको छ, अब आर्थिक चलायमानका लागि पर्यटन प्रबद्र्धन आवश्यक छ, ’उनले भने ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij