शनिवार , आश्विन ९, २०७८
भैरहवा, ९ असोज ।
उद्योग व्यापार संगठन रुपन्देहीद्वारा स्थापित सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार कुलमणि ज्ञवाली सम्मानित भएका छन् । उनी गौतमबुद्ध सन्देश दैनिकका सम्पादक हुन् । ज्ञवाली लुम्बिनी प्रेस क्लबका सल्लाहकार समेत हुन् ।सिद्धार्थनगरलाई कर्मथलो बनाएर वि.सं. २०५२ सालदेखि निरन्तर क्रियाशिल भइ उद्योग, व्यापार, पर्यटन, कृषि तथा सामाजिक क्षेत्रको विकासका लागि पत्रकारिता क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै संगठनले पत्रकार ज्ञवालीलाई नगद ११ हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरेको हो । उनलाई पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेल र संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले पुरस्कार प्रदान गरेका हुन् ।
त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देही र लुम्बिनी प्रेस क्लबको सहकार्यमा स्थापित सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीलाई अक्षयकोषको रकम ५१ हजार हस्तान्तरण गरिएको र अक्षयकोषमा प्रत्येक वर्ष थपिदै जाने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij