images

मंगलवार, बैशाख २५ गते २०८१

निर्वाचनबाहेक मुलुकले निकास पाउने अर्को विकल्प छैन : विष्णु पौडेल

निर्वाचनबाहेक मुलुकले निकास पाउने अर्को विकल्प छैन : विष्णु पौडेल

images
images
images
शुक्रवार, आश्विन ८ २०७८
शुक्रवार, आश्विन ८ २०७८
  • निर्वाचनबाहेक मुलुकले निकास पाउने अर्को विकल्प छैन : विष्णु पौडेल

    भैरहवा, ८ असोज ।

    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनबाहेक मुलुकले निकास पाउने अर्को विकल्प नभएको दावी गरेका छन् । उनले निर्वाचनमा जानुपर्छ भन्ने निर्णय नै सही सावित भएको बताए ।

    शुक्रबार सांझ भैरहवा क्षेत्रका उद्योगी व्यवसायीहरुसंगको छलफल कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले भने, ‘संसदले वर्तमान समसयमा काम गर्न सकिरहेको छैन, जनादेश नै अबको बाटो हो, मुलुक चुनावमा गइ गतिलो सरकार बनाउनुपर्ने आवश्यकता छ । ’उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिना बढी समय बितिसक्दा पनि मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको बताए । सरकारको गतिविधि हेर्दा केही गर्ने अवस्थामा नरहेको उनले बताए ।

    ‘एमाले नेतृत्वको सरकारमा राम्रा कामहरु भएका छन्, त्यसैले आगामी निर्वाचनमा एमालेलाई जिताउनुस्, एमालेलाई जिताएर पश्चाताप गर्ने स्थिति हुँदैन, ’पौडेलले भने । एमालेलाई कमजोर पार्ने कोशिष गरिए पनि अघिल्लो निर्वाचन भन्दा कमजोर परिणाम नआउने गरी पार्टी अगाडी बढेको उनले बताए । नेता पौडेलले पार्टी विभाजनका लागि वर्तमान सरकारले अध्यादेश ल्याए पसन एमालेलाई त्यसले कुनै असर नगरेको दावी गरे ।

    ‘हामी कहिले सरकारमा त कहिले सडकमा हुन्छौं, सरकारमा हुँदा नीति निर्माण बनाउने कार्यमा लाग्छौं, सडकमा हुँदा सरकारलाई दबाब दिन्छौं, जनतामा माग अघि सार्छौं, त्यसले सरकार र सडकमा रहनु खासै फरक छैन, ’उनले भने । चुनावमा विभिन्न पार्टीबीच प्रतिष्पर्धा हुने भए पनि विकासका कुरामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने उनले जोड दिए ।

    देशको बजेट कुनै पार्टी र नेता विशेष नभएका र सम्पूर्ण जनताको भएकाले अघिल्लो सरकारले ल्याएका कार्यक्रम कटौती गर्ने काम राम्रो नभएको उनले बताए । रुपन्देहीको विकास अब कसैले रोक्न नसक्ने उनले जिकिर गरे । रुपन्देहीमा विकासका प्रयाप्त सम्भावना भएका र तीव्र रुपमा विकास भइरहेको नेता पौडेलले बताए । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा भाडा महंगो भएकाले घटाउनुपर्ने उनको भनाइ थियो । लगानीको महत्वपूर्ण स्थलरुपन्देहीमा अब निजी क्षेत्रले लगानीको लागि ध्यान दिन आवश्यक रहेको उनले औल्याए ।

    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले आइसीपी शिघ्र सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरे ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमकार गौचनले भारतीयहरु नेपालमा आउन नपाउने तर नेपालीहरु भारतीय बजारमा गएर सामान खरीद गरेका नेपाली बजार धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । सिद्धार्थ होटल एशोसियशन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले नाका खोल्ने सरकारले निर्णय गरे पनि भारतीय नम्बर प्लेटका निजी सवारीसाधन प्रवेश गर्न नसकेको बताए ।
    उद्योगी चन्द्रमणि अधिकारी (रामु)ले अघिल्लो सरकारले ल्याएका कार्यक्रम वर्तमान सरकाले कटौती गरे भन्दै दुःख व्यक्त गरे । बेलहियाका व्यवसायी श्रीचन्द गुप्ताले भन्सार कार्यालयमा रहेको ब्यागेज एक्स–रे मेशिन सञ्चालनमा आउनुपर्ने माग गरे । एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    पूर्व अर्थमन्त्री पौडेल असोज ९ गते शनिबार हुने उद्योग व्यापार संगठन, रुपन्देहीको १४ औं वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन गर्न भैरहवा आएका हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij