२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

लुम्बिनी गुरुयोजनाको काम समयमै सक्नुस : मन्त्री भट्टराई

मंगलवार , श्रावण ६, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजनाका काम समयमै सक्न निर्देशन दिएका छन् । उनले गुरुयोजना अन्तर्गतका योजनाहरू सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

    लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग बुधवार ‘भर्चुअल मिटिङ’ गर्दै मन्त्री भट्टराईले सरकारले आब्हान गरेको लकडाउनलाई पालना गर्दै सामाजिक दूरीलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दैै काम गर्न निर्देशन दिए । मन्त्री भट्टराईले स्थानीय तहहरूसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरिरहन निर्देशन दिए ।

    मन्त्री भट्टराईले निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार मानिस अट्ने सम्मेलन केन्द्र (सभाहल) निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिएका छन् । त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरूलाई अन्तराष्ट्रिय बुद्धिस्ट संगठनहरूसँग पनि भर्चुअल बैठक गरी कोराना महामारीविरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाएका थिए । भुर्चअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना प्रमुख ई. सरोज भट्टराई सहभागी रहेका थिए ।

    लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए ।

    लुम्बिनी बिकास कोषका सदस्य सदस्य ज्ञानीन राईले लुम्बिनी क्षेत्रमा सम्मेलन केन्द्रको काम अन्तिम चरणमा पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको वरिपरी विश्राम स्थल निर्माण गर्ने काम लकडाउनको समयमा पनि नरोकिएको बताए । सानोतिनो गरेर दर्जनौं निर्माणको काम समेत भइरहेको उनले बताए ।