२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

‘प्रतिस्थापन विधेयकमा उल्लेख भएका अन्तःशुल्कसम्बन्धी प्रावधानले उद्योगी समस्यामा’

शुक्रवार , आश्विन ८, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ८ असोज । 
    रोलिङ्ग मिल्स सम्बद्ध उद्योगीहरुले नेपाल सरकारबाट जारी प्रतिस्थापन विधेयकमा उल्लेद भएका भन्सार तथा अन्तःशुल्कसम्बन्धी प्रावधानले आफूहरुले समस्यामा परेको गुनासो गरेका छन् । उनीहरुले विधेयकमा भएका प्रावधानहरुले उद्योगहरुको लागत बढ्दै जाने र उद्योगहरु समेत बन्द हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सचिवालयमा शुक्रबार भएको छलफल कार्यक्रममा उद्योगीहरुले समस्या समाधान गर्न पहलको माग गर्दै संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् । छलफलमा सहभागि उद्योगीहरुले सरकारले ल्याएको विधेयक विभेदकारी भएकाले सच्याउनुपर्ने माग गरेका थिए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले समस्या समाधानका लागि सम्बन्धित निकायहरुमा पहल गर्ने बताए । कार्यक्रममा संघको उद्योग उपाध्यक्ष दिलिप कुमार कान्दु, वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्य तथा उद्योगीहरुको उपस्थिति रहेको संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।