images

सोमवार, बैशाख २४ गते २०८१

विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह

विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह

images
images
images
बिहिवार, आश्विन ७ २०७८
बिहिवार, आश्विन ७ २०७८
  • विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह

    काठमाडौं, ७ असोज ।

    images
    images
    images

    चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई रु ७५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई १३ हजार ८०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८० प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर आय १६.४ प्रतिशतले कमी आई रु ८५ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij