images

मंगलवार, बैशाख २५ गते २०८१

बुटवलमा पहिरोबाट विस्थापितलाई घरबहाल रकम दिइने 

बुटवलमा पहिरोबाट विस्थापितलाई घरबहाल रकम दिइने 

images
images
images
बुधवार, आश्विन ६ २०७८
बुधवार, आश्विन ६ २०७८
  • बुटवलमा पहिरोबाट विस्थापितलाई घरबहाल रकम दिइने 

    बुटवल, ६ असोज । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितहरुलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ । हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएर विद्यालयहरुमा आश्रय लिन बाध्य भएका पीडितहरुलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    images
    images
    images

    स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले गरिरहेका निरन्तरका विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्थापनाका कामलाई सहकार्यमा थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ । 

    पहिरो र बाढीले पूर्ण रुपले घर–आवास क्षति भएर विद्यालयहरुमा आश्रय लिई बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा विपद ब्यवस्थापन समितिको सिफारिसमा विद्यालयबाट तत्काल स्थानान्तरण गरी अन्यत्र बहालमा बस्नका लागि तत्काललाई बहाल खर्च रकममा राहत स्वरुप सहयोग गर्ने निर्णय भएको प्रमुख सुवेदीले बताए ।

    विस्थापितहरुका लागि पुनःस्थापना गर्न सम्बन्धित वडाबाट पीडितको माग निवेदन सहित विवरण संकलन गरी जिल्ला विपद व्यवस्थापन समितिमार्फत प्रक्रिया अगाडि बढाइने भएको छ । साथै बहुप्रकोपको संकटासन्न अवस्थालाई कम गर्न, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहका सरकार र संयन्त्रका बीचमा सहकार्यको खाँचो रहेको समेत बैठकले ठहर गरेको छ । 

    बुटवल उपमहानगरपालिका तिनाउ दानव नदीमा ठुलो बाढी आइ कटान गरेको र चुरे क्षेत्रमा रहेका वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३, १७, १८ मा क्षतिको विवरण सहित जिल्ला विपद ब्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

    भदौ १३ गतेदेखि उपकरणसहितको उपमहानगरको टोली निरन्तर पहिरो सफाईमा

    यसअघि भदौ १३ गते आएको भिषण वर्षाले बुटवल ३, ४ को ज्योतिनगर, लक्ष्मीनगर चुरे क्षेत्रमा पहिरो गएको थियो । पहिरोले केही घर प्रभावित भएका थिए । सोही दिनदेखि पहिरो प्रभावित क्षेत्रमा लेदो, ढुंगामाटो हटाउने काममा उपकरणसहितको उपमहानगरको टोली खटिएको छ । 

    नगरस्तरीय सीसीएमसीको निर्णय बमोजिम तत्काल मेसिन/साधन परिचालन गरी पहिरोबाट आएको लेदो, ढुंगामाटो हटाई सफा गर्ने निर्णय गरेलगत्तै उपकरण लिएर उपमहानगरको टोदी त्यसक्षेत्रमा गएको थियो । स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापनको रकम निकासा गर्न पनि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अनुरोध गरेको छ ।  त्यसअवधिको कामको विवरण र बिल भपाई लगायतका कागजातसहित प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रकम निकासाका लागि अनुरोध गर्ने निर्णय भएको वातावरण इञ्जिनियर योगेश चापागाइँले जानकारी दिए ।

    प्राविधिक निगरानीमा बस्तीमा थुप्रिएको लेदो हटाइने

    बुटवल ३, ४ को ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा पहिरोले थुपारेको लेदो, ढुङ्गामाटोको गेग्रेटोलाई प्राविधिकहरुको विशेष निगरानीमा हटाइने भएको छ । यसका लागि राष्ट्रपति चुरे संरक्षणसंग समन्वय गरिने भएको छ । बस्तीका धेरै घरहरुमा क्षति पुर्याएको र लेदो, गेग्रेटोसहितको ढुंगामाटो तत्काल नहटाए थप जोखिम बढाउने भन्दै उपमहानगरले राष्ट्रपति चुरे संरक्षणलाई यथाशीघ्र पहल थाल्न आग्रह गरेको छ । 

    पहिरो गएको क्षेत्र, प्रभावित क्षेत्र र जोखिमका क्षेत्रमा विज्ञ र प्राविधिकको अध्ययनका आधारमा स्थानीय वडा विपद् व्यवस्थापन समिति र सुरक्षा निकायको निगरानीमा थुप्रिएको लेदो, ढुंगा, माटो लगायतका सामग्री हटाउने र व्यवस्थापन गरिने भएको छ । यो कामको आवश्यक सहयोग र स्वीकृतका लागि जिल्ला विपद ब्यवस्थापन समिति रुपन्देहीमा अनुरोध गरिएको उपमहानगरले जनाएको छ । 

    चौराहा–गोलपार्क खण्ड तत्काल बनाउन माग

    बुटवल–बेलहिया ब्यापारिक मार्गको बुटवलको गोलपार्कदेखि राजमार्ग चौराहासम्मको सडकखण्डमा निर्माण कार्य ढिलो गरी सुरु भएको र यसले जोखिम बढाइरहेको भन्दै विपद् व्यवस्थापन समितिले ध्यानाकर्षण गराएको छ । आवागमनमा साह्रै कठीन उत्पन्न भएको, धुलो र हिलोले जोखिम बढाएकोले तत्काल आवागमन सहज हुने गरी मर्मत र निर्माणका काम अगाडि बढाउन आग्रह गरेको छ । 

    ठेक्का लागेको लामो समयसम्म यो खण्डका सडकमा पर्ने घरहरु नहटाइँदा निर्माण कार्य प्रभावित भएको थियो भने पछि लामो समयसम्म लगातार झरी परेको भन्दै निर्माण कम्पनीले काम सुरु गरेको थिएन । ढिलो गरी यो खण्डमा काम सुरु भए पनि साह्रै सुस्त गतिमा भएको छ । 

    IMG_20201018_111348.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij