images

शुक्रवार, चैत्र १६ गते २०८०

‘असन बजारमा’ सार्वजनिक

‘असन बजारमा’ सार्वजनिक

images
images
images
बुधवार, आश्विन ६ २०७८
बुधवार, आश्विन ६ २०७८
  • ‘असन बजारमा’ सार्वजनिक

    भैरहवा, ६ असोज ।
    चर्चित गायिका नलिना चित्रकार र गायक बेदराज बस्नेतको आवाज रहेको र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको म्युजिक भिडियो शनिबार अमेरिकाबाट सार्वजनिक भएको छ । डिपी खनालको शव्द र राजनराज शिवाकोटीको संगीत रहेको ‘असन बजारमा’ बोलको गीत टेक्सासको अर्भिंगमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । 

    images
    images
    images

    नेपाली चलचित्रमा स्थापित हाल अमेरिकामा रहेकी नायिका अशिष्मा नकर्मी लगायत नारायण प्रधान, उषा उप्रती र कमल साउदको समेत यो भिडियोमा अभिनय रहेको छ । नायिका नकर्मी अमेरिका गएपछिको यो पहिलो म्युजिक भिडियो हो । असन बजारको भिडियोलाई संचारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको हुन् । अमेरिका र नेपाल दुवै देशमा छाया‘कन गरिएको भिडियोको अमेरिकामा रामेश्वर कार्की र नेपालमा उत्सव दाहालले खिचेका हुन् भने कोरियोग्राफी अमेरिकाको लागि आयिशा ओझा र नेपालका लागि प्रमोद भण्डारीले गरेका हुन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij