images

मंगलवार, बैशाख २५ गते २०८१

बाढीप्रभावित परिवारलाई खाद्यान्न सामग्री राहत सहयोग

बाढीप्रभावित परिवारलाई खाद्यान्न सामग्री राहत सहयोग

images
images
images
बुधवार, आश्विन ६ २०७८
बुधवार, आश्विन ६ २०७८
  • बाढीप्रभावित परिवारलाई खाद्यान्न सामग्री राहत सहयोग

    कपिलवस्तु, ६ असोज ।
    गत भदौ १० गते साँझदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीले प्रभावित भएका १ सय २६ घरधुरीका पीडित परिवारलाई खाद्यान्न सामग्री तथा राहत सहयोग गरिएको छ । आईजीएफएफ , डब्लुएफडीएम र डब्लुएचडीआरआरपीको सहयोग तथा सिद्धार्थ सामाजिक बिकास केन्द्रको साझेदारी र वाणगंगा नगरपालिकाको समन्वयमा खाद्यान्न सामग्री राहत वितरण गरिएको हो । 

    images
    images
    images

    वाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित बरवामा एक कार्यक्रमको आयोजना गरी बाढीप्रभावित जेष्ठ नागरिक, अतिविपन्न र सुत्केरी महिलाहरुलाईलाई राहत वितरण गरिएको हो । राहतमा प्रतिव्यक्ति ४१ किलो चामल, २ किलो दाल, २ लिटर तेल र २ किलो नुन साथै प्रतिव्यक्तिलाई २ प्याकेटका दरले साबुन सहयोग गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्रकी उपाध्यक्ष सुर्य कुमारी शाहीले बताइन् । राहत वडा नम्बर ३ का ३० जना, ४ का १८ जन, १० का २५ जना र वडा नम्बर ११ का ५३ परिवारलाई राहत सहयोग गरिएको हो ।

    राहत वितरण कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बाढीप्रभावित परिवारलाई सहयोग गर्ने आईजीएफएफ, डब्लुएचडीआरआरपी  डब्लुएफडीएम संस्था र साझेदारी गर्ने सिद्धार्थ सामाजिक विकास केन्द्रलाई धन्यवाद दिए । सहयोग सामान्य देखिए पनि समस्यामा परेका परिवारहरुलाई यो सहयोग ठूलो भएको सांसद पन्थीले बताए ।

    नजिकिदै आएको चाडपर्वहरुमा समेत यो सहयोगले समस्यामा परेका पीडित परिवारहरुलाई राहत मिल्ने उनको भनाइ छ । प्राकृतिक प्रकोपलाई कसैले पनि रोक्न नसकिने भएको हुँदा राहत लिन आएका बाढी प्रभावितहरुलाई सान्त्वना दिंदै आफूले राहात सहयोगका लागि सक्दो पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

    त्यसै गरी वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम थारु, वडा नम्बर ११ की वडा सदस्य ईमकला केसी र वडा नम्बर १० का वडा सदस्य राम नक्षेत्र चौधरीले अविरल बर्षाका कारण आएको बाढीले धेरै क्षति पुर्याएको बताए । बाढीप्रभावितहरुलाई सहयोग गर्ने संस्था र साझेदारी गर्ने सिद्धार्थ सामाजिक बिकास केन्द्रलाई धन्यवाद दिंदै यस्ता प्रभावितहरुलाई अन्य संघ–संस्थाहरुबाट पनि सहयोगको आवश्यकता उनीहरुको भनाइ थियो ।
    राहत बुझ्दै वडा नम्बर ११ की उर्मिला थारु, वडा नम्बर १० की सुभावती चौधरी र सिकारी थारु लगायतले बिहान र साँझ के खाउँ भन्ने परिस्थिति भएको बेलामा संस्थाले यति धेरै सहयोग गरेको भन्दै धन्यवाद दिए । बाढीले घरमा भएको सबै खाद्यान्नहरु नष्ट पारेपछि बिहानसाँझको समस्या टार्न समस्या भएको बेलामा यसरी राहात उपलब्ध गराइ सहयोग गरेकोमा आयोजकलाई उनीहरुले धन्यवाद दिएका थिए । 

    राहत बुझ्दै भोको पेटलाई भरिदिएकोमा आयोजक र सहयोगी संस्थाले निभेका चुलाहरुलाई बल्ने बनाइदिएको भन्दै संस्थाले यस्ता कामको निरन्तरता दिइरहुन भन्दै धन्यवाद दिनुका साथै संस्थाको प्रगतिको कामना होस् भन्दै संस्थालाई आर्शीवाद समेत दिएका थिए । 

    राहत वितरण कार्यक्रम सिद्धार्थ सामाजिकविकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता तथा संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत आरटी खानको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका बोर्ड सदस्य इन्दिरा भट्टराई, संस्थाका कार्यसमिति सदस्य हरि अधिकारीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सामाजिक परिचालकहरु टोल विकास संस्थाका पदाधिकारीहरुले राहत वितरण व्यवस्थापनमा सहयोग पुर्याएका थिए । सो कार्यक्रममा ५० जना सुनौला हजार दिनका महिलाहरुलाई  युएनओमनको सहयोगमा लत्ताकपडा समेत प्रदान गरिएको थियो । 

    242428203_282235177075677_3046827735846310736_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij