images

मंगलवार, बैशाख २५ गते २०८१

भारतीय पर्यटकसंग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

भारतीय पर्यटकसंग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

images
images
images
मंगलवार, आश्विन ५ २०७८
मंगलवार, आश्विन ५ २०७८
  • भारतीय पर्यटकसंग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

    भैरहवा, ५ असोज । 
    नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसंग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्सका कर्मचारी सन्तोष गुप्ता रहेका छन् ।  

    images
    images
    images

    सीमा नाका पार गराउन सहजीकरण गर्ने भन्दै भारतबाट आएका पर्यटकसंग घुस लिएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
    काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई ट्राभल्समा कार्यरत गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले रकम लिएका थिए । रकम प्रहरीलाई बुझाएर उक्त समूह नेपाल प्रवेश गरेको थियो ।

    घटनाबारे उजुरी परेपछि रुपन्देही प्रहरीले सोमबार राति गुजरात ट्राभल्समा काम गर्ने यादव र लोहारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले पर्यटकसंग घुस लिएको जानकारी पाएपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij