images

सोमवार, बैशाख २४ गते २०८१

६६ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण

६६ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण

images
images
images
सोमवार, आश्विन ४ २०७८
सोमवार, आश्विन ४ २०७८
  • ६६ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण

    भैरहवा, ४ असोज ।  
    भैरहवास्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयले विद्यालयको स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले ६६ औं वार्षिकोत्सव दिनको अवसरमा विभिन्न छात्रवृत्ति अक्षय कोषको छात्रवृत्ति वितरण गरेको हो । विद्यालयमा स्थापना भएको ४ वटा छात्रवृत्ति अन्र्तगतको १ लाख ८ हजार रुपैया बराबरको छात्रवृत्ति विद्यालयले एक कार्यक्रम गरी वितरण गरेको विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईले जानकारी दिए । विद्यालयले एसओएस बालग्राम गरीब तथा जेहेन्दार छात्रवृत्ति अन्तर्गत रु. २ हजारका दरले २५ जना,  धनकुमारी–स्व. होमबहादुर थापा क्षेत्री छात्रवृत्ति अन्र्तगत रु. ७ हजार ५ सय का दरले ४ जना,  रमादेवी-मोदनाथ शास्त्री स्मृति छात्रवृत्ति अन्तर्गत रु ४ हजारका दरले ४ जना र बलराम जी.सी.-शान्ता जी.सी. छात्रवृत्ति अन्तर्गत रु. ३ हजारका दरले ४ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो । 

    images
    images
    images

    विद्यालयको स्थापना दिवस असोज २ गतेको अवसरमा ३७ जना विद्यार्थीहरुलाई र विद्यालयबाट शैक्षिक सत्र २०६७ मा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरुले दुर्घटनामा परी मृत्युवरण गरेका सहपाठी रमेशबहादुर थापाको स्मृतिमा समेत छात्रवृत्ति अक्षयकोष स्थापनाको लागि रकम हस्तान्तरण गरेको छ ।

    विद्यालयका प्राचार्य गणेशप्रसाद भट्टराईको अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जर्नादन पोखरेलको प्रमुख आतिथ्यता, बलराम जी.सी.–शान्ता जि.सी. छात्रवृत्ति अक्षयकोषका संस्थापक बलराम जी.सी., रमादेवी–मोदनाथ शास्त्री स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक मोदनाथ शास्त्री, धनकुमारी–स्व. होमबहादुर थापा क्षेत्री छात्रवृत्ति अक्षय कोषका संस्थापक डा. लेखजंग थापा क्षेत्री र एसओएस बालग्राम गरीब तथा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने संस्था एस ओएस बालग्राम, भैरहवाका इञ्चार्ज गोविन्दप्रसाद खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक रुपकुमार क्षेत्रीले गरेका थिए । 

    सो अवसरमा बोल्दै अतिथिहरुले विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा असल व्यक्ति बन्नको लागि प्रेरणा समेत दिए । नयाँ अक्षयकोष स्थापना गर्ने भूतपूर्व विद्यार्थीहरुकोतर्फबाट श्यामसुन्दर घिमिरेले यसै विद्यालयमा संगै लामो समय अध्ययन गरेका आफ्नो दिवंगत मित्रको स्मृतिमा अक्षयकोष स्थापना गर्न सकेकोमा आफुहरुले गौरवान्वित महसुस गरिरहेको बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij