२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

नबिलले सुरु गर्यो ‘नबिल फोनलोन’ सुविधा 

शुक्रवार , आश्विन ९, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । 
    डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने जनाएको छ । 

    यसरी पाईन्छ ऋण 
    नविल बैकका अनुसार यो एक नवीनतम डिजिटल सुविधा हो, यो सेवा बैंकले एफआई सफ्ट इन्टरनेशनल प्रँ.लि.को सहकार्यमा ल्याएको हो । नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने बैकले जनाएको छ । 

    बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्ने दावि गरे ।  

    उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’ हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ ओटो एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ । नयाँ बैंकिङ पद्दतीलाई अनुशरण गर्ने र नेपाली डिजिटल बैंकिङ क्षेत्र रहँदै आएको बैंक हो ।