२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

प्रशासन कार्यालय रूपन्देहीद्वारा बजार अनुगमन

शुक्रवार , आश्विन ९, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, ९ असोज ।
    चाडबाड नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बिहीबारदेखि बजार अनुगमन थालेको छ । जिल्लास्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले सिद्धार्थनगरबाट अनुगमन कार्य सुरु गरेको हो । 

    टोलीले सिद्धार्थनगरका राजु फुड एण्ड भेजिटेवल, शुभ न्यौपाने जनरल स्टोर्स, राजवी ट्रेडर्स, मेहा जनरल स्टोर्स, न्यू शिवशक्ति ट्रेडर्स, यशु ट्रेडर्स, राधिका सब्जी भण्डारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्य सूचि नराखिएको, बोर्ड राखिएको भए पनि मूल्य उल्लेख नभएको, केही पसल नविकरण नभएको अवस्थामा पाइएकाले उनीहरूलाई अनुगमन टोलीले मूल्य सूचि राख्न, समयमै नविकरण गर्न लगायतका सुझाव दिएको छ । 

    अनुगमन कार्यमा जिल्लास्थित जिल्ला प्रहरी कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ, सिद्धार्थनगर नगरपालिका, उपभोक्ता मञ्च नेपाल, नेपाल पत्रकार महासंघ लगायत संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए । 

    अनुगमन अघि सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकृत कृष्ण बहादुर खड्काको संयोजकत्वमा जिल्लास्थित विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उपस्थितिमा बैठक बसी उपभोक्ता संरक्षण तथा बजार अनुगमनबारे निर्णय गरिएको हो । 

    बैठकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख उमेश शर्मा, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्री, गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय प्रमुख मनोज कुमार पोखरेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत राम प्रसाद पाण्डे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत ज्योत्सना शर्मा अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत आनन्द डंगोल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण लम्साल, सिद्धार्थनगर नगरपालिकाका सामाजिक विकास शाखा यादव प्रसाद सापकोटा, स्वास्थ्य कार्यालय रूपन्देहीका खोप अधिकृत भेषराज शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भीष्म प्रसाद न्यौपाने, उपभोक्ता मञ्च नेपालका भगवती भण्डारी लगायतको उपस्थिति रहेको थियो ।