२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

उद्योगी व्यवसायीका समस्या समाधानमा प्रतिबद्ध रहने मुख्य लक्ष्य निर्धारण 

सिद्धार्थ उद्योग वाणिज्य संघको तीनदिने कार्ययोजना गोष्ठी सम्पन्न

बिहिवार , भाद्र ३१, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ३१ भदौ । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको तीनदिने कार्ययोजना तर्जूमा गोष्ठी सम्पन्न भएको छ । भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा सञ्चालन भएको गोष्ठीमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले भोग्नु परेको नीतिगत तथा अव्यवहारिक समस्या समाधानमा प्रतिबद्ध रहने मुख्य लक्ष्य निर्धारण गर्दै सम्पन्न भएको संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार गोष्ठीले उद्योग व्यवसायमा परेका विभिन्न समस्याको समाधान तथा संघको दिगो आर्थिक विकासका श्रोतहरु पहिचान लगायतका विभिन्न आर्थिक, सामाजिक विकासमा योगदान दिने विभिन्न उद्देश्यहरु निर्धारण गरेको छ । 

    तर्जूमा गोष्ठी समापन समारोहमा बोल्दै प्रमुख अतिथि गोष्ठीका फोकलपर्सनका रुपमा सहजीकरण गरेका विनय महर्जनले सिद्धार्थ उद्योग वाणिज्य संघले लिएका उद्देश्यहरु उद्योगी व्यवसायीको हितमा रचनात्मक हुने विश्वास व्यक्ति गरे । उनले तर्जूमा गोष्ठी संघको विकासमा योगदान दिने खालको भएको बताए । सहभागिको तर्फबाट संघका कार्यसमिति सदस्य रचना क्षेत्री र हरिबहादुर थापाले बोलेका थिए । संघका महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    karya12.jpg